Logo

हिमालमा सेतो घोडा चढेर किमले के सन्देश दिए



उत्तर कोरियाली शासक किम किम जोङ उन नौ हजार फुट अग्लो हिमालमा सेतो घोडामा देखिए । उनको यो तस्बिर संसारभर चर्चित बन्यो ।
राजकुमार कुनै युद्धमा बढेको शैलीमा देखिएका किमको सेताम्य हिमालमा खिचिएको तस्बिर अर्थपूर्ण छ । सेतो हिमाललाई कोरियालीहरु पवित्र मान्छन् । सेतो रंग कोरियालीका लागि पवित्र हो ।

किमले घोडा चढेर अब कुनै महत्वपूर्ण निर्णय लिन लागेको सन्देश दिन लागेका हुन् । उत्तर कोरियाबारे जानकारहरुका अनुसार किम कुनै निर्णयमा पुग्दैछन् । यो अमेरिका या दक्षिण कोरियाका बारे हुनसक्छ ।

दक्षिण कोरियामा चुनाव नजिकिदैछ । अमेरिका पनि चुनावको नजिक पुग्दैछ । अमेरिकासँगको आणविक सन्धी उत्तिकै महत्वपूर्ण छ ।

यस्तो देखिए किम
सेतो घोडा सेताम्मे पृष्ठभूमी । कालो बुट र ज्याकेट लगाएका किम जोङ उन घोडा चढेको दृश्य उत्तर कोरियाको सरकारी मिडियाले सार्वजनिक गर्यो ।

सार्वजनिक स्थानहरुमा सायदै देखिने र मनोरञ्जनात्मक कार्यक्रमबारे सायदै खबर बाहिर आउने किमको यसपटकको तस्बिर रोचक रहेको छ । चीसो क्षेत्र बढी रहेको उत्तर कोरियाको यो कुन क्षेत्र हो यकिन गरिएको छैन । तर, घोडा विशेष किसिमको देखिन्छ । घोडालाई लगाइदिइएको डोरी विशेष प्रकारको देखिन्छ ।

तस्बिरहरुमध्ये किम घोडा दौडाइरहेका र घोडा चढेर सामान्य गतिमा बढिरहेको देखिन्छन् । एउटा दृश्य पहाडको बीचको बाटो देखिन्छ । एउटामा उनी घोडा चढेर मुस्कुराइरहेका देखिन्छन् ।

संसारमा अति सुरक्षा दिइने नेतामध्येका किमको व्यक्तिगत जीवनबारे कमैमात्र खबर बाहिर आउने गरेको छ । एजेन्सी
Photo Source: AFP

यो पनि हेर्नुहोस्

किमले यसरी गोप्य रुपमा लगेका थिए विलासी मर्सिडिज कार

किमको नजिक चरो-मुसो जान नदिने बडीगार्ड



प्रतिक्रिया दिनुहोस्