Logo

फ्रेन्च लिग वान : नाईसमाथि पीएसजीको प्रभावशाली जित



काठमाडौं, २ कार्तिक। फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नाईसमाथि प्रभावशाली जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले नाईसलाई ४–१ गोल अन्तरले हराएको हो । पीएसजीको जितमा एन्जल डी मारियाले दुई, केलियन एम्बाप्पेले र इकार्डीले समान एक एक गोल गरे ।

नाईसको गनागोले एक गोल गरे । खेलको पहिलो हाफमै पीएसजीले तीन गोल गर्न सफल भयो । दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै पीएसजीले ४–१ को प्रभावशाली जित निकाल्न सफल रह्यो । दोस्रो हाफमा घरेलु टोलीका दुई खेलाडी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि नाईस ९ खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको थियो ।

७४ औ मिनेटमा विलेन साईप्रिन र ७७ औ मिनेटमा क्रिस्टोफ हेर रातो कार्ड खादै मैदान बाहिरिएका थिए । पीएसजी १० खेलबाट २४ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । नाईस १३ अंक सहित नवौ स्थानमा यथावत छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्