Logo

बागमतीको फोहोर पानी प्रशोधन केन्द्र निर्माणकार्य अन्तिम चरणमा, मन्त्री मगरले गरिन् अवलोकन



काठमाडौं, २ कात्तिक । खानेपाली तथा सरसफाईमन्त्री बिना मगरले ऐतिहासिक महत्व बोकेको बागमती नदी सफाइका लागि सरकारले अभियान सञ्चालन गरेको बताईन् । उनले भनिन्,‘यसलाई सफल बनाउन सबैपक्षको सहयोग जरुरी छ ।’ काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्र निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।

आयोजना प्रमुख लिला प्रसाद ढकालले आयोजनाको करीब ९० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिँदै आगामी पुससम्ममा निर्माणकार्य सम्पन्न भइसक्ने बताए । शनिबार सो प्रशोधन केन्द्रको अवलोकनका लागि पुगेकी खानेपानी मन्त्री बिना मगरसहितको टोलीलाई आयोजनाबारे जानकारी गराउँदै उनले निर्माणकार्य सम्पन्न भएपछि गोकर्णदेखि गुह्वेश्वरीसम्मको पानी प्रशोधन गर्न सकिने जानकारी दिए । यस्तै हिन्दुहरुको आस्थाको केन्द्र पशुपति क्षेत्रमा सफा पानी बहने भन्दै उनले ढुक्क भएर नुहाउन सकिने पनि जानकारी दिए ।

एसियाली विकास बैंकको २ अर्ब ५५ करोड लागतमा निर्माणाधीन आयोजना सम्पन्न भएपछि ३९० लिटर पानी प्रतिकेसेण्ड प्रशोधन गर्न सकिने छ । यस्तै प्रतिघण्टा ३२० किलोवाट बिजुली समेत उत्पादनगर्न सकिनेछ । बागमतीको पानीमा भएको फोहोर जम्मा गरेर ग्यासबाट बिजुली निकाल्ने सकिने ढकालको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्