Logo

मुसलमान भइकन हिन्दुको पूजामा सरिक हुन्छन् अफताब



रौतहट, २ कात्तिक । निलम्बित सांसद मोहम्मद अफताब आलम रौतहटमा निकै प्रभावशाली छन् । उनका काका शेख इद्रिस नेपाली काँग्रेसको राजनीतिमा लागेर मन्त्री समेत बनेका थिए । काकाको विरासत थामेका अफताबले पटक पटक चुनाव पनि जिते ।

अफताब मुसलमान समुदायमाझ जति प्रभाव राख्न सकेका थिए जिल्लाको हिन्दु धर्मालम्बी समुदायमाझ पनि प्रभावशाली थिए । उनी हिन्दुको धार्मिक कार्यक्रममा पनि सहभागी हुन्थे । दशैं आउँदा दुर्गा पूजामा सरिक हुन्थे । यतिसम्मकी दुर्गा पूजाको आयोजनाका लागि खर्च समेत व्यवस्था गरिदिन्थे ।
काँग्रेसका लागि जतिसुकै प्रतिकूल समय हुँदा पनि अफताब चुनाव जित्न सक्थे । उनी यसपटक काँग्रेसलाई चुनावी धक्का लाग्दा पनि प्रत्यक्षतर्फ रौतहटबाट निर्वाचित भए ।

चुनावमा मनी र मसलको प्रयोग गर्ने अफताबका लागि २७ चैत्र २०६४ को घटना जीवनभरका लागि समस्या बन्यो । काका शेख इद्रिसको झुप्रोमा पड्केको बम र त्यसपछिका घटनाले उनीमाथि गम्भीर आरोप लागेको छ । यसको अनुसन्धानका लागि अफताबलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अब यसबाट उन्मुक्ति पाउन सजिलो छैन । घटनाले रौतहट मात्र नभई काठमाडौं सम्म हल्लिएको छ । अन्तर्राष्ट्रिय समुदायले पनि चासो लिएको छ ।
File Photo



प्रतिक्रिया दिनुहोस्