Logo

प्रधानाध्यापक हरिशङकरको सालिक अनावरण



काठमाडौँ २ कात्तिक : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाल आदर्श माध्यमिक विद्यालय, गणबहालका प्रधानाध्यापक स्व हरिशंकर श्रेष्ठको अर्धकदको सालिकको विद्यालय हाताभित्र आज अनावरण गरेक छन् ।

झण्डै चार दशकसम्म विद्यालयसँग आबद्ध रही स्व श्रेष्ठले शिक्षा र शिक्षालयको उन्नयनमा पु¥याउनुभएको योगदानको कदर स्वरुप विद्यालयका पूर्व विद्यार्थीहरूको पहलमा सालिक स्थापना गरिएको हो ।

विसं २०१२ साउन २२ गते शिक्षकमा रूपमा विद्यालय प्रवेश गर्नुभएका श्रेष्ठ त्यसको ६ महीना पछि प्रधानाध्यापक हुनुभएको थियो । शिक्षाप्रतिको लगाव र समर्पण देखेर त्यही वर्ष माघ २२ गते बसेको शिक्षक बैठकले उनलाई सर्वसम्मतिले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्न आग्रह भए अनुसार उनले त्यसलाई स्वीकाएका थिए । एक्कासी वर्षको उमेरमा विसं २०७२ असार ३१ गते उनको निधन भएको थियो ।

विसं २००७ सालमा स्थापित नेपाल आदर्श विद्यालयका संस्थापक कृष्णहरि मूल हुनुहुन्थ्यो र उहाँको इन्द्रचोक, तढंचोकास्थित घरको ४-५ वटा छिंडी तथा बगैंचामा निर्मित टहरामा कक्षा सञ्चालन हुन्थ्यो ।

सोही कार्यक्रम वाङ्मय शताब्दी पुरुष जोशीलाई नेपाल आदर्श विद्यार्थी परिवारले दोसल्ला ओढाई अभिनन्दन पनि गरेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्