Logo

कारबाहीमा दश आइएस लडाकू मारिए



जलालाबाद, अफगानिस्तान, २ कात्तिक : अफगानिस्तानको पूर्वी प्रान्त नन्गाहारमा सुरक्षाबलले गरेको कारबाहीको क्रममा दश इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको प्रान्तीय सरकारले शनिबार जानकारी दिएको छ ।

नन्गाहार प्रान्तको आचिन दि जिल्लामा गत २४ घण्टा भित्र आइएस लडाकूविरुद्ध भएको सुरक्षा कारबाहीमा ती दश लडाकू मारिएका सरकारी स्रोतले जनाएको छ ।
अफगानिस्तानको राजधानी काबुलबाट १२० किलोमिटर पूर्व रहेको यस स्थानमा सुरक्षा बल र आइएस लडाकूबीच बारम्बार झडप हुने गरेको छ । यसैकारण हजारौं सर्वसाधारण सुरक्षित स्थानका भाग्न बाध्य भएका छन् ।

सन् २०१५ को शुरुबाट बलियो पकड बनाइ बसिरहेका आइएस लडाकू समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । Photo Source : CNN



प्रतिक्रिया दिनुहोस्