Logo

अफताब आलममाथि ग्राइन्डडिजाइन भयो- ब्रजकिशोर सिंह, नेता नेपाली काँग्रेस



काठमाडौं, २ कात्तिक । नेपाली काँग्रेसका नेता ब्रजकिशोर सिंह मोहमद अफताब आलमविरुद्ध षड्यन्त्र गरिएको आरोप लगाउँछन् । उनीसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीः

रौतहटको अवस्था कस्तो छ ?
अहिले यहाँ आक्रोशको अवस्था सिर्जना भएको छ ।
कसरी त्यस्तो अवस्था आयो ?
बिनाकारण सुनियोजित र षड्यन्त्रपूर्ण ढंगले अफ्ताव आलमलाई १२ वर्ष अघिको कुरा उठाएर जसरी समातिएको छ । त्यो अत्यन्तै आश्चर्य चकित, कपोकल्पित र भ्रामक हल्ला हो ।
उहाँले गरेका कर्तुत १२ पछि बाहिर आयो नि ?
उहाँलाई अहिले समातिनुपर्ने कुनै कारणै छैन ।
पीडितहरुले सुइ लगाई लट्याएर जिउँदै जलाइयो भनेका छन् नि ?
यो त नेपाली कांग्रेसलाई बद्नीयत गर्न लगाइएको आरोप मात्र हो । यी कुरा सबै सुनियोजित ढंगले गराइएको हो ।

घटना आलमले नै घटाएको हो प्रमाणहरु छन् भनेका छन्, उनीहरुले न्याय नपाउने ?
उहाँले नै घटना घटाएको हो भन्ने कुनै पनि प्रमाण छैन । यो खाली राजनीतिक पूर्वाग्रही ढंगले हल्लाको भरमा समातिएको हो । खाली मौखिक प्रोपोगाण्डा मात्रै हो ।
इँटाभट्टाभित्र नछिरेका घाइतेलाई हातै गिडेर मारियो भनिएको छ नि ?
यो बिलकुल सरासर गलत हो । खाली जनतामा भ्रम पैmलाउने र बदनाम गराउने कुरा मात्रै भएको छ । मैले देखेको भनेर नक्कली भनाइहरु राखेर उहाँमाथि षड्यन्त्र गरिएको हो ।
न्याय खोजिरहेका आफन्तलाई गोली हानेर मारियो भनिरहेका छन् नि ?
यो सरासर लगत हल्ला हो ।
बम विस्फोटन भएको ठाउँबाट भाग्दै गर्दा आलमका मान्छेले लखेटेरे नि ?
त्रिलोप प्रताप सिंह आपैm प्रहरीबाट फरार भएको मान्छे हो । उसलाई त्यतिबेला अपहरण र फिरौती काण्डको मुद्दामा वारेन्ट थियो ।
आलमले चुनावमा आपूmलाई भोट नहाल्नेलाई हत्यासमेत गरेकाछन् भन्छन् नि ?
यी सबै गलत हल्लाहरु हुन् । त्यो बेलामा त्यस्तो भएको भए सारा प्रहरी, प्रशासन, अदालत उहाँकै हातमा थियो त ? चुनावको बेला खटिएका सशस्त्रदेखि सबै सुरक्षा निकाय कोही थिएनन् त्यहाँ ? जब त्यो बेला केस पर्दा यहाँको वकिल कार्यालय, प्रहरी प्रशासन सबैले मुद्दा चल्दैन भनिसकेका छन् । यहाँमात्रै होइन पुनरावेदन अदालत जाँदा पनि महान्यायधिवक्ताको कार्यालयले यो केसमा मुद्दै चल्दैन भनेको छ । अनि उहाँलाई कसरी दोषी ठान्ने ?
त्रिलोप प्रताप सिंहका बाबुले त इँटाभट्टामा हात अड्किएपछि बन्चराले गिंडेर भित्र हालेको भनेका छन् नि ?
म पनि त्यहीं गाउँको मान्छे हुँ, मलाई थाहाँ हुँदैन ? आरोप लगाउनेहरुको राजनीतिक ब्याग्रण्डहरु पनि मलाई थाहा छ । यो सरासर नेपाली कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्र हो । अफ्ताव परिवार धेरै पटक सांसद, मन्त्री भइसकेको कांग्रेसको लिडर हो । त्यस नाताले उहाँलाई कमजोर बनाउँदा कांग्रेसको संगठन कमजोर हुन्छ भनेर राजनीतिक पूर्वाग्रहबाट पे्ररित भएर गरिएको षड्यन्त्र हो यो ।
नेपाली कांग्रेस जस्तो पार्टीले पीडितपक्षले न्यायमागिरहँदा उनीलाई न्याय दिने कि आलमले गल्ती गरेकै छैन भनेर बँचाउन लाग्ने ?
उहाँको संलग्नतामा घटना भएकै छैन । म फेरि पनि भन्छु, यो सबै राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर लगाइएको आरोप हो । नियतपूर्ण ढंगले कांग्रेसलाई बद्नाम गर्ने र आलम परिवारलाई फसाउने गरी गरिएको हल्ला हो । यो षड्यन्त्रपछि धेरै खाले खेलहरु छन् ।
प्रहरीले पनि प्रमाणहरु फेला पारेको छ नि ?
प्रहरीले के प्रमाण फेलापारेको छ ।
त्यो घटनामा भएको पुरानो घाउँको परीक्षण गरिएको छ नि ?
त्यस्तो त मलाई केही थाहा छैन । यो हो जस्तो पनि लाग्दैन ।
जलाइएको प्रमाण मेटाउन इँटाभट्ट नै भत्काइएको थियो नि ?
म भन्दै छु, चारवटा भूmठ बोलेर एउटा नाटक गरिएको छ । त्यसैले भूmठलाई जति नाटक गरेर सत्य बनाउन खोज्दा पनि भूmठ झुठै रहन्छ ।
यो घटनाको मूख्य योजनाकार अफ्ताव आलम होइनन् त ?
त्यहाँ कुनै घटना नै भएको छैन भने उहाँ कसरी योजनाकार हुनुहुन्छ ? यसमा उहाँलाई फसाउनका लागि ठूलो ग्राइन्डडिजाइन भएको छ । कांग्रेसलाई कमजोर बनाउने प्रयास हो ।
जनताका प्रतिनिधिहरुले आफ्नो पक्षमा आएनन् भनेर हत्या गर्न पाइन्छ ?
त्यसरी जनतालाई दुःख दिने, हत्या गर्ने गरेको भए उहाँ र उहाँको परिवार चार–चार पटक चुनाव जितेर आउँछ त ? त्यसरी जनतालाई दुःख दिने हो भने उहाँलाई भोट हाल्छन् ?
चुनाव जितेकै आधारमा उहाँलाई निर्दोष ठह¥याउँदा गलत हुँदैन ?
होइन, त्यसरी दुःखदिने मान्छे त पटक–पटक चुनाव जितेर आउँदैन नि । एकपटक आउँला तर पटक–पटक त आउँदैन ।
त्यहाँ त मनी र मसलमा चुनाव जित्छन् नि ?
होइन, कहाँ सधैं मनी ससलमा चुनाव जित्छ ।
रौतहटको चुनावमा त त्यही भएको छ नि ?
कसैले पनि त्यसरी चुनाव जितेको छैन । जनताको समर्थन जबसम्म हुँदैन, तबसम्म कसैले चुनाव जित्न पाउँदैन ।
तपाईंहरु आलमलाई फसाइँयो भन्नुहुन्छ, कसले फसायो त ?
मैले अघि नै भनिसकेको छु । राजनीतिक पूर्वाग्रहरी ढंगले फसाइएको हो ।
फसाउने चाहीं को हो त ?
त्यो क्षेत्रमा रहेका उहाँका राजनीतिक प्रतिद्वन्द्वीहरुले उहाँ र उहाँका परिवारले पटक–पटक चुनाव जितेको देखेर कसरी कमजोर बनाउने भनेर फसाएका हुन् । जनतामा उहाँ त हार्नुहुन्न, अनि एउटा झुठा मुद्दा खडा गरेर उहाँलाई कमजोर बनाउन यसो गरिएको हो । यसमा ठूलो षड्यन्त्र छ ।
तर, अदालतले त निर्णय गरेको छ नि त्यसलाई मान्ने कि नमान्ने त ?
अब अदालतले कुन ढंगले भनेको छ, त्यो त कानुन हो मान्नुपर्छ । तर, अदालतको पनि धेरै निर्णयहरु गलत आएका छन् नि । नआउने गरेका छैनन् ।
हत्यामा संलग्न हुने माननीयहरुलाई अब जनताले साथ देलान् ?
जनप्रतिनिधिहरुले हत्या गर्नुहुँदैन, भ्रष्टाचारलगायतका गलत काम गर्नुहुँदैन भन्नेमा त म पनि सहमत छु । तर त्यस्तो हत्यामा अफताव आलमको कुनै संलग्नता छैन । हुँदैनभएको कुरालाई जबर्जस्ती स्वीकार गर्न त सकिँदैन नि ।
नेपाली कांग्रेसजस्तो पार्टीको नता भएर तपाईंले पनि एउटा अपराधी सांसद्लाई बँचाउने ?
उहाँ त अपराधी हुनुहुन्न । फेयर मान्छेलाई नबँचाएर कस्लाई बँचाउने त ? उहाँको कुनै दोषै छैन ।
अब रौतहटमा कांग्रेस आन्दोलनमा जान्छ ?
त्यस्तो आन्दोलनभन्दा पनि हामीलाई त कानुनमाथि विश्वास छ । अदालतमाथि पनि हाम्रो विश्वास छ । हामी पनि अध्ययन गर्दैछौं । कानुनी निर्णयलाई सम्मान गर्दछौं । प्रहरीको अनुसन्धानलाई वाधा नपरोस् भनेर हामीले आन्दोलन पनि स्थगित गरेका छौं ।
सर्वोच्चले त गम्भीर प्रकृतिको घटना भनेर थप अनुसन्धान गर्न आदेश दिएको छ नि ?
अनुसन्धान त हुँदैछ । तर, म पनि एउटा नागरिकको हैसियतले बोल्न त पाउँछु नि । म पनि एउटा जिम्मेवार पदमा बसेको मान्छु हुँ ।
शक्तिको पछाडि त्यहाँका जनताको केही लागेन नि ?
किन लाग्दैन ? जनताभन्दा ठूलो को हुन्छ ? म पनि सांसदको चुनाव लडेकै हो कांग्रेसबाट । त्यो बेलामा यो घटना सुनेको भए, हामीलाई पनि जानकारी हुन्थ्यो नि । २०६४ सालमा म पनि नेपाली कांग्रेसबाट चुनाव लडेको हुँ ।
सर्वोच्चको आदेशपछि पनि आलमविरुद्ध जसरी मुद्दा चल्नुपर्ने हो, त्यो प्रहरीहरुले चलाएनन् ?
त्यो त मैले पहिला नै भनेको छु त, यो सब राजनीतिक दबाबले गर्दा यस्तो भएको हो भनेर ।
त्यो बेला कांग्रेस पावरमा थियो, अनि आलमलाई बँचाइयो हो ?
त्यो बेलामा पनि सारा प्रहरी, प्रशासन कहाँ थियो त । उहाँले गल्ती भएको भए त्यसबेलामा पनि कुरा आउने थियो नि । त्यो बेलामा प्रहरीहरु थिए, अनुसन्धान गर्नका लागि । त्यतिबेला चुनावको बेला भएकाले ठाउँ–ठाउँमा प्रहरीहरु थिए ।
त्यतिबेला पनि यो घटना त बाहिर आएकै हो नि ?
त्यो बेला कहाँ घटना भएको थियो ? घटनै भएको थिएन नि ।
२०६४ को संविधानसभा निर्वाचनताका त्यहाँ बम काण्ड भएको होइन ?
त्यो बेलामा त्यस्तो घटनै भएको छैन ।
त्यो कुरा तपाईंले बिर्सनुभयो आज ?
२०६४ सालमा म पनि चुनाव लडेको थिएँ, त्यसबेला कुनै घटना भएकै छैन ।



प्रतिक्रिया दिनुहोस्