Logo

केपी ओली पाँच वर्षका लागि प्रधानमन्त्री- दीनानाथ शर्मा, नेता, नेकपा



काठमाडौं, २ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीका नेता दीनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्षका लागि प्रधानमन्त्री हुनुभएको बताएका छन् । उनीसँग सरकार संचालन र पछिल्लो राजनीतिक घटनाक्रमबारे नेपाली रेडियो नेटवर्कका लागि ऋषि धमलाले गरेको विशेष कुराकानीः

प्रधानमन्त्रीले त ‘तपाईंहरु चस्मा खोजेर हेर्नुस्, मैले कति काम गरेको छु’ भन्नुभयो नि, सही हो ?
प्रधानमन्त्रीले परिणाम आउने गरी काम गर्न प्रयास गर्नुभएको छ । त्यो कुरा सत्य हो ।
भ्रष्टाचार निवारण, सुशासनलगायतका काम जनताले डेलीभरी त पाएका छैनन् नि ?
देशमा अहिले ७ सय ५३ वटा सरकार छन् । उनीहरुले प्रत्यक्षरुपमा जनताको सामु बसेर काम गरेका छन् । सामाजिक सुरक्षाको प्रत्याभूति, जनताको आर्थिक उन्नति, राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्नेलगायतका विषयमा यो सरकारले दृढतापूर्वक काम गरेको हो । त्यसका परिणामहरु पनि आएका छन् । तर, अपेक्षाकृत रुपमा कम छ ।
जनचाहना अनुसार काम गर्न सकेन भन्ने तपाईंको पनि गुनासो हो ?
सरकारले काम गर्न प्रयास गरेको छ । तर अहिल्यै अपेक्षाकृत काम अलि भएको छैन । विस्तारै परिणाममुखी बन्दै जान्छ ।
सर्वोच्चको एउटा निर्णय आएको छ, जनप्रतिनिधिहरुलाई तलब नदिने यो सही हो ?
सर्वोच्च अदालत एउटा महत्वपूर्ण संवैधानिक निकाय हो । त्यो निकायबाट आएको निर्णयहरुलाई सबैले पालना गर्नुपर्छ । यसबारेमा छलफल हुन्छ, तर यो निर्णयलाई सम्मान गर्नुपर्छ ।
स्थानीय तहका पदाधिकारीहरुको पारिश्रमिक रोक्का भएको हो ?
यसबारेमा राष्ट्रिय रुपमै छलफल हुन्छ होला । अदालतको निर्णयलाई सम्मान गर्नैपर्छ हामीहरुले ।
जननिर्वाचित प्रतिनिधिहरुलाई किन सेवासुविधा चाहियो ?
जसले पूर्णकालीनरुपमा जनताका काम गर्दछन् । ती जनप्रतिनिधिहरुले प्रकारको सेवासुविधाहरु विकसित मुलुकहरुमा पनि भएको हामीले पाएका छौं । सानातिना देशहरुमा पनि त्यस्तो पाइन्छ । जसले पूर्णकालीन रुपमा काम गर्दछन्, उनीहरुले बाँच्न पुग्ने सेवासुविधा पाउनुपर्छ भन्ने हो । उनीहरुले कहाँबाट खाएर जनताको सेवा गर्ने ? यो प्रस्न पनि एकाठाउँमा छ । त्यसकारण प्रत्यक्ष रुपमा सेवासुविधा लिनुहुन्न भन्ने पनि होइन ।
जनताले जनप्रतिनिधिहरु सेवासुविधा लिनुहुँदैन भनिररहेका छन् ?
पछिल्लो समय अनावश्यक रुपमा जनप्रतिनिधिहरुले लालायित भएर सेवासुविधाप्रति आकर्षित भएकाले त्यसलाई नियन्त्रण गर्नुपर्छ भनेर सर्वोच्चले रोक्ने आदेश गरेको हो, त्यसलाई सम्मान गर्नुपर्छ ।
सर्वोच्च अदालतले नै रोक्न आदेश गरिसकेपछि लिन मिल्छ ?
जनप्रतिनिधिहरुले सेवासुविधा लिनै हुँदैन भन्नु पनि अति हो । अर्कोतिर फेरि सेवाको नाममा त्यसैमा समर्पित र लालायित भएर त्यसैमा आपूmलाई समर्पण गर्ने प्रयास कतिपय जनप्रतिनिधिहरुले गरिरहेको गुनासो पनि आएको छ । त्यसको पनि हामीले सुनुवाइ गर्नेपर्छ ।
जसरी केन्द्रीय सरकारले जनप्रतिनिधिलाई सेवासुविधा दिने गर्यो, यो विषय त्यतिबेलै आलोचित भएको थियो नि ?
जनताको भइनालाई सम्मान गर्नुपर्छ । जनताले पनि भोकै हाम्रो सेवा गर्नुपर्छ भनेका छैनन् । तर, सेवाको नाममा जथाभावी गर्नपाइँदैन भन्ने जनताको जुन आवाज छ, त्यसलाई उच्च सम्मान गर्नुपर्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्ष नै काम गर्नुहुन्छ ?
अहिले सरकार फेरबदलतिर लाग्नुभन्दा पनि हाम्रो पार्टी एकीकरणका प्रक्रियाहरु अभैm बाँकी छन् । कतिपय नेताहरुको जिम्मेवारी अभैm पनि बाँडफाँड भइसकेको छैन । सबै नेताहरुलाई जिम्मेवारी बाँडफाड गर्नेतिर लाग्नुपर्छ । आवश्यक परेको बेलामा सरकार परिवर्तन भइहाल्छ ।
केपी ओली नै पाँच वर्षको लागि प्रधानमन्त्री हुन्हुन्छ, भनेर तपाईंले भन्नुभएको थियो नि ?
हाम्रो निर्वाचन प्रक्रियाले नै उहाँलाई पाँच वर्षको लागि प्रधानमन्त्री भनेर बनाइराखेको छ । आवश्यक परेर फेरबदल गर्नुपर्ने बेला भयो भने त्यसबेलै सोच्ने विषय हो । अहिले सरकार परिवर्तनका कुरा ल्याएर अस्थिरता निम्त्याउने समय होइन । एकातिर संगठन सुदृढ गर्ने अर्को सरकारका कामकारबाहीलाई चुस्त बनाउने हो ।
त्यसोभए यो पाँच वर्षसम्म प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्न ?
प्रचण्ड पाँच वर्षसम्म प्रधानमन्त्री बन्नुहुन्न भन्ने पनि बेठिक हो ।
अनि तपाईंले नै भन्नुभएको होइन, केपी शर्मा ओलीनै पाँच वर्षको प्रधानमन्त्री भनेर ?
हो ।
कसरी प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्छ त ?
पाँच वर्षको लागि केपी ओली प्रधानमन्त्री निर्वाचित हुनुभएको हो । आवश्यक प¥र्यो भने फेरबदल गर्ने कुरा आफ्नो ठाउँमा छ । अहिले यो बहसको विषय होइन ।
तर, वामदेवी गौतमले आलोपालोमा सहमति भएको हो भन्नुभएको थियो ?
आलोपालोमा के सहमति भएको छ, त्यो नेताहरुले आन्तरिक रुपमा थाहा पाउने नेताहरुलाई त्यो कुरा होला । त्यस्तो किसिमको सहमति छ भने त्यसको पालना हुन्छ तर बहस गर्नुपर्ने बेला होइन ।
मन्त्रिमण्डल पुनर्गठनपछि मन्त्री बन्ने लोभमा केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्नुभएको हो ?
म कुनै मन्त्री बन्ने लोभमा परेर भनेको पनि होइन । फेरि यो सब हाम्रा पार्टी अध्यक्ष प्रचण्डले बनाउने कुरा हो । उहाँले बनाउँदा हुन्न भन्ने कुरा त होइन । तर, मैले आपूmलाई केन्द्रमा राखेर यो कुरा गरिराखेको होइन । अहिले हामीले सरकारको फेरबदलभन्दा संगठन सुदृढिकरणतिर लाग्नुपर्छ । र, परिणाममुखी काम गर्नको लागि सबै एकजुट हुनुपर्छ । बीचमा फेरबदल गर्नेगरी सहमति भएको छ भने उहाँहरुले नै मिलाउने कुरा हो ।
तपाईं मन्त्रिमण्डल पुनर्गठन हुनुपर्छ भन्ने पक्षमा विपक्षमा हुनुहुन्छ ?
यसमा पक्षविपक्ष भन्ने कुरा हुँदैन । परिवर्तन त आवश्यकता अनुसार प्रधानमन्त्रीले गर्ने वा सरकार फेरबदल गर्ने यी सबै शीर्षस्थ नेतृत्वहरुले गर्ने कुरा हो ।
प्रधानमन्त्रीले त मन्त्रीमण्डल पुनर्गठन हुँदैन हाल्ला मत्रै हो भन्नुभएको छ नि ?
यो त शीर्षस्थ नेतृत्वले छलफल गरेर आपसी समझदारीमा टुंग्याउने विषय हो । मन्त्रीमण्डल फेरबदल गर्ने वा पुनर्गठन गर्ने काम प्रधानमन्त्रीलको हो । उहाँको अधिकार क्षेत्रभित्रको कुरा हो । त्यसकारण उहाँले जे चाहनुहुन्छ त्यही हुन्छ ।
सरकारले जसरी भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने हो त्यसमा चुक्यो होइन ?
भ्रष्टाचारीलाई जसरी कारबाहीको दायरामा ल्याउनुपर्ने हो, त्यसमा बिलकुलै चुकेको छ । त्यसोभनिरहँदा सामाजिक सुरक्षाको एउटा महत्वपूर्ण पाटो, अर्को कानुनी राज्य स्थापना गर्न सरकार प्रतिवद्ध रहेको छ । यीलगायत केही गुणात्मक रुपमा सुधार भएको छ । शान्तिसुरक्षाको क्षेत्रमा केही सुधारका काम भएका छन् ।
चीनले त्रीपक्षीय रणनीतिक साझेदार गर्छौं भनेको छ नि ?
यो हाम्रो लागि स्वागतयोग्य कुरा हो । त्रिपक्षीय रणनीतिक साझादार बन्नलाई हाम्रा पार्टी अध्यक्ष प्रचण्डले पनि प्रयास गर्नुभएको छ । दक्षिण एशियामा हामी तीन देश महत्वपुर्ण हौं त्यसले हामीले त्रीपक्षीय साझेदारी गर्नुपर्छ भनेर चीनले पनि भनेको छ । चीनका राष्ट्रपतिले भारतका प्रधानमन्त्रीसँग सल्लाह गरिसकेपछि नेपालका राष्ट्रपति, प्रधानमन्त्रीसँग पनि छलफल भइसकेपछि उहाँले यो कुरा उठाउनुभएको छ । यसरी रणनीतिक साझेदार गरेर अगाडि बढ्नुनितान्त आवश्यक छ ।
तपाईहरु सीको विचारधारातिर लागिरहँदा भारतको सम्बन्धलाई ख्याल गर्नुभएको छ ?
भारतसँग हाम्रो हिजो जस्तो सम्बन्ध थियो, त्यसमा समान ढंगले रहन्छ र चीनसँगको सम्बन्ध पनि त्यही हिसावले समान रहन्छ । यो सरकार बनिसकेपछि दुवै देशवीचको सम्बन्धलाई सुदृढ बनाउन यी दुवैका बीच पुलको काम गर्न लागेको छ । हाम्रा दुवै छिमेकी मुलुकहरु समान छन् ।
त्यसोभए तपार्इंंहरु चीनमुखी कि भारत ?
हामी कसैमुखी होइन, नेपालमुखी हौं । नेपालीहरुले नेपालमुखी बनेर नेपालको विकास गर्नुपर्छ । नेपालमुखी भएर कामगरिरहँदा छिमेकी मुलुक भारत र चीन दुवैसँग बराबरी सम्बन्ध राखेर जानुपर्छ ।
वर्तमान सरकार चीन ढल्केको छैन ?
हामी कसैतिर ढल्केका छैनौं । नेपालतिर ढल्किएका छौं । नेपालको विकासको लागि हाम्रा समृद्ध मित्रराष्ट्रहरुसँग सहयोगको अपेक्षा गर्नुलिनु राष्ट्रिय हितअनुकुल हुन्छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्