Logo

सेल्फीका कारण सयौंले ज्यान गुमाए, भारतमा सबैभन्दा बढी



सेल्फी मोबाइलबाट तस्बिर खिच्ने फेशन जस्तै भएको छ । यो जति रोमाञ्चक र लाभदायक छ उति नै खतरनाक पनि छ ।

सेल्फीका कारण सयौंले ज्यान गुमाइसकेका छन् । सन् २०११ इता सेल्फीका कारण ज्यान गमाउने मध्ये आधा भारतका छन् । त्यसपछि रुस, अमेरिका र पाकिस्तानका छन् । यो तथ्यांक आइआइटी कानपुरको हो ।

सबैभन्दा खतरनाक उचाईको तल्ला र पानी भएको स्थान छन् । सेल्फीसँग सम्बन्धित मृत्युमा डुबेर, खसेर र सवारी चलाउँदाको अवस्थामा भएको छ । चार भागको तीन भाग ज्यान गुमाउनेमा पुरुष छन् जसमा ३० वर्षमुनीका बढी छन् ।

सेल्फीसम्बन्धि मृत्यु बढी हुनथालेपछि भारतमा कतिपय स्थानमा सेल्फी खिच्न नपाइने क्षेत्र तोकिएको छ । नोसेल्फी जोन भनी खतराको संकेतसहित बोर्ड राखिएको छ ।
-एजेन्सी
Photo Source: Rediff



प्रतिक्रिया दिनुहोस्