Logo

ओलीले धोका दिएको भन्दै प्रचण्ड ईश्वरको घरमा



काठमाडौं ३ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट ‘धोका’ भएको गुनासो सचिबालय सदस्यहरुसँग गर्न थालेका छन् । पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भएपनि ओलीका गतिविधिबाट त्यो पालना नहुने महसुस दाहालले गरेका छन् ।

दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गुनासो पोखेको स्रोतले बतायो ।

एकतापछि दाहाल र पोखरेलबीच बहुदलीय जनवादको विषयमा मत बाझिएको थियो ।

त्यसपछि पार्टीले विभाग प्रमुखहरु तोक्ने क्रममा पोखरेललाई स्कुल विभाग नदिन पूर्वमाओवादी केन्द्र पक्षले जोड गरे पनि पछि ओली–दाहाल सहमतिमै उनले सो विभाग प्रमुखको जिम्मेवारी पाएका थिए । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्