Logo

युभेन्ट्सको जितमा रोनाल्डो हिरो



काठमाडौं, ३ कार्तिक । जारी इटालियन सिरी ‘ए’ फुटबल अन्र्तगत शनिवार भएको खेलमा युभेन्ट्स विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले बोलोग्नालई २–१ गोलले हराउन सफल भएको हो । क्रिस्टियानो रोनाल्डोको गोलसँगै युभेन्टरले उक्त खेलमा बाजि मारेको हो ।

खेलको १९औं मिनेटमा रोनाल्डोले युभेन्ट्सका लागि पहिलो गोल   +-गरेका थिए। त्यसको पाँचच मिनेट भित्रै बोलोग्नाले प्रतिउत्तर स्वरुप खेलको २४औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।

डानिलोलेले गरेकोे उक्त गोलले बोलोग्नलाई बराबरीमा ल्याएको थियो । पहिलो हाफमा १–१ गोलको बराबरीमा सकिएको खेलमा युभेन्ट्सले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो । ५४औं मिनेटमा मिरालेम पजानिकले गोल गर्दै युभेन्ट्सलाई थप बपलयो बनाए ।



प्रतिक्रिया दिनुहोस्