Logo

नेकपालाई काउन्टर दिन बाबुराम-महन्थबीच गोप्य छलफल, अब कांग्रेस पनि सहभागी !



काठमाडौं, ३ कात्तिक । सत्तारुढ दल समाजवादी पार्टी, नेपाल र राजपा नेपालबीच पार्टी एकताको लागि गृहकार्य सुरु गरेका छन् । यसको लागि समाजवादी पार्टीको तर्फबाट संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता सुरु भएको छ । पछिल्लो दिनमा उनीहरुबीच पार्टी एकतामै केन्द्रित रहेर भेटवार्ता तथा छलफल भैरहेको स्रोतको दाबी छ ।

नेताद्धयबीचको छलफलमा पन्थीहरुको प्रभाव रोक्नको लागि पनि एकता अनिवार्य आवश्यकत्ता औंल्याईएको छ । स्रोतले भन्यो,‘पछिल्लो समय नेपालमा कम्युनिष्टहरुको प्रभाव ह्वात्तै बढेको छ । यसलाई रोक्नको लागि महन्थजी र बाबरामजीबीच पार्टी एकताबारे छलफल भएको हो ।’

तर, पार्टी एकता गरेपनि तत्काल महाधिवशेन नगर्ने उनीहरुको निश्कर्ष छ । उनीहरुबीच तत्काल समाजवादी पार्टी, नेपाल र राजपा नेपालबीच गठबन्धनमा जानेबारे पनि छलफल भएको छ । आगामी मंसिरमा हुने उपनिर्वाचनदेखिनै कांग्रेससँग गठबन्धन गर्ने र आउने निर्वाचनसम्मको लागि गठबन्धनको तयारी गर्ने उनीहरुको तयारी छ ।



प्रतिक्रिया दिनुहोस्