Logo

महरालाई आजपनि अदालतमा उपस्थित् गराईँदै



काठमाडौं, ३ कात्तिक । प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज फेरि अदालतमा उपस्थित गराईने भएको छ । संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा महरा प्रहरी हिरासतमा छन् ।

उच्च रक्तचाप र मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालदमा उपचार गराइरहनुभएका महरालाई प्रह्रीले आज फेरि अदालत लैजान लागेको हो । यसअघि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको थियो । तर, स्वास्थ्यमा समस्या देखिएको भन्दै महराले प्रहरीसमक्ष बयान दिन इन्कार गरेपछि आज फेरि म्याद थप्ने तयारी रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्