Logo

फोटोबाटै १७ करोड कमाइ



इन्स्टाग्राममा आफ्नो फोटो मात्र पोस्ट गरेर एक महिलाले वार्षिक करोडौ कमाउने गरेको खुलासा भएको छ । रोमानियाकी एन्ड्रिया एबेली नाम गरेकी प्रभावशाली इन्स्टाग्राम स्टार मोडलले फोटो पोस्ट गरेर वार्षिक करोडौँ रुपैयाँ कमाउने गरेकी हुन् ।

३५ वर्षीय एबेलीले आफ्नो आकर्षक नितम्बका तस्बिरहरू इन्स्टाग्राममा हालेर वार्षिक रूपमा करिब १७ करोड रुपैयाँ कमाउने गरेको दाबी गरेकी छिन् । उनले प्लास्टिक सर्जरी गरेर आफ्नो ठूलो बनाएको संपूर्ण साप्ताहिकको दाबी रहेको छ ।

एबेलीले हरेक इन्स्टाग्राम पोस्टमा ४ सय १० पाउन्डदेखि ४ हजार १ सय पाउन्डसम्म कमाउने गरेकी छन् । इन्स्टाग्राममा उनलाई ३१ लाखभन्दा बढी मानिसले फलो गरेका छन् । एबेलीको नितम्ब मन पराउनेको संख्या लाखौँ भएपनि केहीले उनलाई देखिसहँदैनन् । एबेली आफू सामाजिक सञ्जालमा लोकप्रिय हुनुको कारण इमानदारी जनाउँछिन् । एबेलीलाई मन नपराउने व्यक्तिहरुले गरेको घृणा र निन्दाले भरपूर सन्देशबाट उनलाई फरक भने परेको छैन । Photo Source: Andrea Abeli Twitter



प्रतिक्रिया दिनुहोस्