Logo

ढुंगा हान्ने नियन्त्रणमा



भोजपुर, ३ कात्तिक । धारिलो ढुंगा प्रहार गरी हत्या गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । षडानन्द नगरपालिका ३ खार्ताम्छा बस्ने कल्पना राईको धारिलो ढुंगा प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ सिक्तेलटार बस्ने प्रदिप बस्नेतलाई २ कात्तिकको साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्थानीय सोमबारे हाटबाट घर जाँदै गरेको अवस्थामा प्रदिपले कल्पनालाई धारिलो ढुंगा प्रहार गर्दा घाइते भएको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

घटनाको क्रममा घाइते भएकी कल्पनासँगै घरतर्फ फर्कँदै गरेकी सोही ठाउँ बस्ने नबिना राईको स्थानीय उपस्वास्थ्य चौकी खार्ताम्छामा उपचारको भइरहेको छ । हतियार प्रहार गर्नुको कारण हाल खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्