Logo

दिल्लीका लागि छुटेको नेपाली यात्रुवाहक बस लखनऊमा दुर्घटना हुँदा दुई दर्जन घाइते (तस्बिरसहित)



नेपालबाट दिल्लीका लागि छुटेको बस लखनऊमा गम्भीर दुर्घटनामा परेको छ । आइतबार विहान इकाना स्टेडियम नजिकै भएको घटनामा बसका अधिकांश यात्रु घाइते भएका छन् । उनीहरुलाई तत्काल लोहिया अस्पताल पुर्याइएको थियो । उनीहरुको उपचार भइरहेको छ ।

भारतको चर्चित पत्रिका दैनिक जागरणको अनलाइन संस्करणले जनाएअनुसार बस ट्रकसँग ठोक्किएको थियो । बसको अगाडिको भाग पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

दैनिक जागरणका अनुसार बसका चालक निन्द्रामा परेकाले घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । घटनामा चालकले यात्रुलाई बचाउन भने सफल भएका छन् ।

स्कैनिया बसमा ४० भन्दा बढी यात्रु सवार थिए । दशैं मानेर घर फर्किएका नेपालीहरु घटनामा परेको बुझिएको छ ।

घटनामा छ महिनाको बच्चा पनि घाइते छन् । दैनिक जागरणका अनुसार घाइते हुनेहरुमा नविन थापा, नन्दु, टेकबहादुर, धनकुमारी थापा, अनिता थापा, तारा, प्रेम, मायादेवी थापा, चरण बिष्ट, सुनिता बिष्टलगायत छन् ।

तस्बिर एवं समाचार दैनिक जागरणबाट



प्रतिक्रिया दिनुहोस्