Logo

दुई केजी गाँजा सहित नियन्त्रणमा



रुपन्देही, ३ कात्तिक । अवैध लागुऔध गाँजा सहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । पाल्पा तिनाउ गाउँपालिका ६ बस्ने नरकुमारी गाहालाई २ कात्तिको दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुटवल उपमहानगरपालिका ४ स्थित हाटबजारबाट करिब दुई केजी अवैध लागूऔषध गाँजा सहित प्रहरी बिट अम्मरपथबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा नर कुमारीले तरकारीको बोराभित्र लुकाई राखेको लागूऔषध गाँजा फेला पारी उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्