Logo

लेड (सिसा) को विषबाट बचावटको लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताह आजबाट सुरु



काठमाडौं, ३ कात्तिक । जनस्वास्थ्य तथा वातावरण प्रर्वद्धन केन्द्र (सिफेड) ले यस वर्ष पनि लेडको विषाक्तताबारे जनचेतना फैलाउँदै सरकारबाट तोकिएको पेन्टमा लेडको बाध्यकारी मापदण्डको पुर्ण परीपालना एवं प्रभावकारी कार्यान्वयनका लागि बजार अनुगमन, जवाफदेहीपुर्ण पेन्टको उत्पादन, आयात, विक्रिवितरण र प्रचारप्रसार आदिको निम्ति आवस्यक पहल गरि साताव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त साताव्यापी कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा सिफेडका कार्यकारी निर्देशक एवम् वातावरण वैज्ञानिक रामचरित्र साहले नेपालमै भएको अध्यनहरुले बालबालिकाको रगतमा अत्यधिक लेड पाईएको तथ्यबारे चिकित्सक समुदायहरुसंग अन्तरकृया गरी नियन्त्रण तथा समस्या सामाधानको उपायहरु पहिल्याउने जमर्को गरिएको विश्वास दिलाए ।

उनकाअनुसार अन्य सम्बन्धित ऐन, कानून, नीति, नियमावली र निर्देशिकाहरुमा लेड पेन्टसम्बन्धी मापदण्डको उचित समायोजन गर्ने/गराउने रहेको छ । साथै, पेन्टमा तोकिएको लेडको मापदण्डअनुसार लेडको अधिकतम मात्रा ९० पि.पि.एम.हुनुपर्ने, बट्टामा लेडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धि साबधानीमूलक सन्देश अनिवार्य उल्लेख गर्नुपर्ने प्रावधानहरुको पुर्ण परिपालनामा जोड दिने रहेको पनि साहले जनाए ।

‘नेपालमा लेडको विषबाट बचावटका लागि अन्तर्राष्ट्रीय सचेतना सप्ताहको शुभारम्भ, लेडयूक्त पेन्ट प्रतिबन्ध गरौं, सरकारले तोकेको पेन्ट्समा लेडको मापदण्डको पुर्ण परीपाल्ना गरौं’ भन्ने मूल नारासहित कार्यक्रम अघि बढाईएको पनि साहले जानकारी गराए । साहको नाममा सिफेडले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘आम जनस्वास्थ्य र खासगरी बालबालिकालाई लेड (सिसा) को विषाक्तता बाट जोगाउनका निम्ती नेपाल सरकारं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्र एवं वन तथा वातावरण मन्त्रालय, वातावरण विभागको सहकार्यमा र विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले लेडयूक्त पेन्ट उन्मुलनका निम्ती अन्तर्राष्ट्रीय सन्जाल (Global Alliance to Eliminate Lead Paint-GAELP) द्वारा सन् २०१९ अक्टोवर २० देखी २६ (२०७६ कार्तिक ३ देखी ९ गते) सम्म लेडको विषबाट बचावटका लागि अन्र्तराष्ट्रीय सचेतना सप्ताह (International Lead Poisoning Prevention Week 2019) काठमाण्डौ, कृतिपुर र पोखरामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन गैरहेको कुरा जानकारी गराउन एक प्रेस सम्मेलन मार्फात शुभारम्भ गरीएको थियो ।’

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष मोहन कटुवालले पेन्ट उद्योगलगायत अन्य सबै औद्योगिक प्रष्ठिानहरुले जवाफदेहीतापुर्ण उत्पादनमात्रै नगरी उत्पादित पेन्ट लगायतका बस्तुहरुको जबाफदेहीतापुर्ण आयात, निर्यात, विक्रिवितरण र खासगरी प्रचार प्रसारमा पनि ध्यान पु¥याउनुपर्ने बेला आएको बताए ।

त्यस्तै, उनले पेन्टलगायत कुनैपनि आयातित वा नेपालमै उत्पादित बस्तुहरुको प्रचारप्रसार गर्ने गराउने कलाकार, हाँस्यकलाकार, सेलेब्रेटी र मोडलहरुलगायत सञ्चार माध्यमहरुले पनि ती बस्तुहरुले जनस्वास्थ्य र वातावरणमा पार्नसक्ने असरहरुको बारेमा र सम्बन्धित बस्तुहरुको बारेमा नेपाल सरकारले तोकेको ऐन, नियमाबली र मापदण्डको बारेमा हेक्का राखी जवाफदेहीतापुर्ण प्रचार प्रसारमा मात्र जोड दिनुपर्ने पनि बताए ।

राष्ट्रिय उपभोक्ता संरक्षण मञ्चका महासचिव गोविन्द सुवेदीले भ्रामक र भडकिलो प्रचार प्रसार गरी उपभोक्ता ठग्न नहुने धारणा राखे । उनले भने,‘यो त कानूनतः अपराध हो ।’

कार्यक्रममा उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले आम उपभोक्ताको स्वास्थ्य र वातावरणसंग खेलबाड, कमशल एवं किफाईती मालसमान कुनै पनि उधोगी र ब्यापारीबाट गर्न/गराउनु हुँदैन भनेर जोड दिए । उनले संविधानप्रदत्त उपभोक्ता अधिकारको संरक्षण गर्नमा पनि जोड दिए ।

कार्यक्रममा सिफेडका कार्यकारी निर्देशक एवम् वातावरण वैज्ञानिक साहले जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले वि.स. २०७४ र २०७५ गरी २७ पेन्ट्स उद्योगहरुका ५६ बटा इनामेल पेन्ट्सहरुमा गरिएको मापदण्डको प्रभावकारीतासम्बन्धी अध्ययनले मापदण्ड परीपाल्नाको अवस्था (६०∞) मात्र रहेको पाईएको थियो ।

जुन वातावरण मन्त्रालय स्वयंले २०७३ मा गरेको अध्यनले देखाएको परीपाल्नाको अवस्था (३०∞) भन्दा दोबरले सुधार देखिएपनि कुनै–कुनै पेन्टहरुमा अझै अत्यधिक मात्रामा (७५०४९ पि.पि.एम., अर्थात मापदण्ड भन्दा ८३३ गुणा बढी.) सम्म लेड पाईरहेको अवस्थामा पेन्टमा लेडको मापदण्डको पुर्ण परीपाल्ना र प्रभावकारी कार्यान्वयन हुन आवस्यक रहेको केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक साहको जोडदार माग छ ।

कार्यक्रममा नेपाल स्वास्थ्य अनुशन्धान परिषदका बरिष्ठ अनुशन्धान अधिकृत डा. मेघनाथ धिमालले लेडको असर विभिन्न उमेरका मानिसहरुमा पर्ने कुरा राखे । नेपाल स्वास्थ्य अनुसन्धान परीषद लगायतका चार चार पटकको बालबालिकाको रगतमा लेडसम्बन्धि गरीएका अध्यनहरुले ६५ देखी १०० प्रतिशतसम्म बालबालिकाहरु लेडको उच्च जोखीममा रहेको अध्ययनहरुले देखाएकोले सम्बन्धित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य समुदायहरुले सबै बालबालिकाको शरीरमा लेडको अध्यन, नियन्त्रण तथा सम्बन्धित स्वास्थ्य समस्याको सामाधानमा ततकाल लाग्नुपर्ने परीषदका बरिष्ठ अनुसन्धान अधिकृत डा. धिमालको सुझाव थियो ।

वातावरण विभागका बरिष्ठ वातावरण निरीक्षक भुपेन्द्र शर्माले मापदण्डको अझ कडाईको साथ निरन्तर रुपमा बजार अनुगमन एवं पेन्टहरुको प्रयोगशाला परीक्षण गर्ने सम्बन्धित विभाग (वातावरण विभाग र गुणस्तर तथा नापतौल विभाग) हरुको तयारी भैरहेकोे बताए । उनले अन्तर्राष्ट्रीय सचेतना सप्ताह मनाउन विभागको निरन्तर सहयोग र एक्यबद्धता रहेको स्पष्ट पारे ।

कार्यक्रममा फेशन पेन्टस्का निर्देशक शंकर बञ्जाडेले आफ्नो पेन्ट्समा लेड नभएको र रंगको बट्टामा सूचनासमेत समावेश गरेको स्पष्ट पारे ।

मानव स्वास्थ्यको लागी लेडको कुनै पनि सुरक्षित सिमा नहुने भएकोले बालबालिका लगायत आम जनताको स्वास्थ्य तथा वातावरण संरक्षण गर्न लेडयूक्त पेन्ट उन्मूलनका लागि पेन्टमा लेडसम्बन्धी सरकारी मापदण्ड प्रभावकारी कार्यान्वयन र सम्बन्धित अन्य ऐन, कानून, निती नियमाबली र निर्देशिकाहरु जस्तै बिल्डिङ कोड, हरित बिल्डिङ निर्देशिका, नेपाल गुणस्तर चिन्ह (NS MARK) हरु प्रदान गर्दाको समय अनिवार्य सुचकको रुपमा लेड पेन्ट सम्बन्धी मापदण्डको परीपाल्ना गर्ने गराउने गरी भरपुर ब्यवस्थाको सुनिस्चितताका लागि आवस्यक पहल गर्नुपर्ने आवस्यक्ता महशूस गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्