Logo

नौ जुवाडे नियन्त्रणमा



काठमाडौं, ३ कात्तिक । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा नौ जनालाई नियन्त्रणमा लिएको छ । टोखा नगरपालिका १० भण्डारी टोलस्थित जित बहादुर केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने देव गुरुङ लगायत नौ जनालाई २ कात्तिकमा नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद २ लाख ४ हजार ४३ रुपैयाँ र १६ बुक तास सहित फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्