Logo

लगातार सत्र घण्टा उडान भर्ने विमान



मानिसहरु आफ्नो समयको सदुपयोगको लागि बिमान यात्रा गर्ने गर्छन् । बिमानले पनि निकै फरक फरक किसिमले उडान भर्ने गर्छ । विश्वमै धेरै लामो र छोटो दुरीको उडान भर्ने विमानहरु पनि छन् ।

क्वान्टस भन्ने विमान कम्पनीले सबै भन्दा लामो यात्रा तय गर्ने विमान निर्माण गरेको छ । यस कम्पनीले त्यो बिमानको बोइंग ७८७ ड्रिमलाइनर राखेको छ । यो बिमानले लगातार १७ घण्टाको  उडान तय गर्छ । यो संसारको सबैभन्दा लामो दुरी तय गर्ने बिमान हो । यो विमानले लन्डन देखि अस्ट्रेलियाको पर्थ सम्म उडान भर्ने  गर्छ ।

यो उडानको दुरी करिब १४,४९८ किलोमीटर हुन्छ । कुनै ठाउँमा आफ्नो ट्रान्जिट नपारि यो बिमान लगातार उड्ने गर्छ । अस्ट्रेलिया र युरोप जोड्ने यो एक मात्र बिमान हो । यो बिमान भन्दा पहिले अन्य बिमानबाट नौ वटा ट्रान्जिट गरेर चार दिनमा आफ्नो यात्रा तय गर्ने गरेको थियो । यो बिमानले उक्त उडानलाई बिना ट्रान्जिट १७ घण्टामा यात्रा गराउँछ । Photo Source : ABC



प्रतिक्रिया दिनुहोस्