Logo

किराना पसलबाट पटाका बरामद



काठमाडौं, ३ कात्तिक । विभिन्न पटाका सहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिका ३२ टाउन प्लानिङ बस्ने सर्लाही घर भएकी बबिता राउतलाई २ कात्तिकको दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो

राउतलाई झिरझिरे पटका आठ प्याकेट, चक्र पटाका एक प्याकेट र खुर्सानी पटाका ६० प्याकेट सहित नियन्त्रणमा लिएको हो ।
सोही ठाउँस्थित आफ्नै सोनाम किराना पसलमा उक्त पटाका बेच्दै गरेको अवस्थामा फेला पारी महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका ३ स्थित बाग्लुङ, बाग्लुङ नगरपालिका ७ घर भएकी दिपा शर्माको किराना पसलमा ३२ प्याकेट पटाका फेला पारी २ कात्तिकको साँझ उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बर्दिया, बढैयाताल गाउँपालिका ३ फुटाहाबाट मैनबत्ती पटाका ५ सय थान, फुलझरी पटाका २ सय थान, सुतली पटाका १ सय थान, चक्कर पटाका ५० थान र रकेट पटाका २० थान २ कात्तिकको साँझ प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याई बेवारिसे अवस्थामा थुपारी राखेको उक्त पटाका प्रहरीले फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्