Logo

बिहानको खाजा भन्दा पहिले कसरत फाइदाजनक



विगत धेरै वर्ष देखि कसरत गरेर बिहानको खाजा खाने कि अगाडी व्यायाम गर्ने कुरामा विवाद चलिरहेको छ । एक अनुसन्धानले बिहानको खाजा भन्दा पहिले कसरत फाइदाजनक हुने जनाएको छ । यसो गर्दा शरीरमा भएको बोसो अत्याधिक मात्रामा घटाउने कुराको पुष्टि भएको छ ।

३० वर्ष भन्दा माथि र धेरै तौल भएको व्यक्तिले बिहानको खाजा भन्दा पहिले कसरत गर्याे भने अत्याधिक मात्रामा बोसो घट्ने कुरा प्रमाणित भएको छ । बिहानको खाजा भन्दा पहिलेको कसरतले शरीरमा भएको काब्र्सलाई परिवर्तन गर्न बाध्य गर्दछ । यसले द्रुत गतिमा फ्याट सेलहरु मार्ने गर्छ । बिहानको खाजा खाएको शरीरले उक्त काब्र्सलाई मार्न असफल हुने पनि जनाएको छ ।

 

 

बिहानको खाजा भन्दा पहिलेको कसरतले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ । साथै यसले मधुमेह र हृदय रोगको न्यूनिकरणमा पनि निकै मद्दत पुर्याउँछ । बिहानको खाजा खाएर कसरत गरेमा पनि शरीर फिट हुन्छ तर खाली पेटमा गरेको कसरतले यी ४ कुरामा द्यान दिनु पर्ने हुन्छ:

१. खाली पेटमा कसरत गर्दा पानीको सेवन आवश्यक पर्दछ ।

२. खाली पेटमा कसरत गर्दा रिहाइड्रेट, शरीरलाई पुनः आवश्यक शक्ति प्रदान गर्छ ।

३. कसरत गरेको २० देखि ३० मिनट भित्र उच्च गुणस्तरको प्रोटीन लिन जरुरी छ ।

४. कम फ्याट हुने पदार्थ जस्तै दही, ट्रेल मिक्स, वा बदाम खान जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्