Logo

लाखौ पर्यटन भित्रयाउन यस्तो भयो सम्झौता



काठमाडौं, ३ कात्तिक । गैर आवासीय नेपाली संघका नव निवार्चित अध्यक्ष कुमार पन्त र नेपाल भ्रमण वर्ष २०२० को तर्फबाट सुरज वैद्यले नेपालको पर्यटन प्रवद्र्धन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

संघले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा विश्वभरबाट एक नेपाली एक विदेशी साथी नेपाल पठाउन अभियान संचालन गर्ने छ । अभिलेखिकरण सचिवालय र संघले गर्ने व्यवस्था मिलाउने छ । सचिवालयले सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने व्यक्ति वा संघ सस्थालाई सम्मान गर्नको लागि नेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।

नेपाल भ्रमण वर्ष अवधिभर संघका विश्वभर गरिने औपचारिक सेमिनार, गोष्ठी लगायतका कार्यक्रम नेपालमा नै गर्ने व्यवस्था मिलाउने छ । आयोजनामा नेपालमा हुने विभिन्न गोष्ठी तथा सेमिनारहरुमा समन्वयात्मक भूमिका सचिवालयले निर्वाह गर्नेछ ।

विश्वभरी रहेका गैर आवासीय नेपालीहरुलाई सन् २०२० मा “परिवार र साथीहरुसंग नेपालमा छुट्टी बिताउन” अभियान संचालन गर्नेछ । विदेश स्थित नेपाली दुतावास र नियोगहरुमा भ्रमण वर्ष प्रवद्र्धन कक्ष स्थापना गर्न आवश्यक जनशक्ति उपलब्ध गराउने भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्नका लागि सचिवालयको समन्वयमा संघले वर्षभरी विश्वका प्रमुख शहरहरुमा कार तथा साइकल ¥याली गर्नेछ ।

संघका विश्वभरी रहेका सदस्य तथा विभिन्न संघ सस्थामा आवद्ध रहेका नेपालीहरुको माध्यमबाट संघले उनीहरुको रोजगारदाता अर्थात व्यवसायिक साझेदार संघ तथा व्यक्तिहरुलाई नेपाल भ्रमणका निम्ति निमन्त्रणा गर्ने ।

यसैगरी, संघले गैर आवासीय नेपालीका विश्वभरमा रहेका व्यवसायिक फर्महरु तथा होटेल रेस्टुरेन्टमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामग्रीहरु राखी प्रचार प्रसार गर्ने तथा प्रचार प्रसारका सामाग्रीहरु वितरण गर्नेछ । विश्वभर छरिएर रहेका सम्पूर्ण सदसय लगायतका नेपाली तथा विदेशी मित्रहरुको सवारी साधनहरुमा नेपाल भ्रमण वर्ष २०२० लोगो सहितको स्टिकर टास्ने व्यवस्था मिलाउने छ ।

विश्भरिमा कम्तिमा ५० देशमा मिस एन आर एन इन्टनेस्नल आयोजना गर्ने र उक्त प्रतियोगिताको फाइनल २०२० जुन महिना भित्र नेपालमा गर्नेछ । विश्वभरीका विभिन्न देशहरुका सार्वजानिक स्थलहरु तथा प्रमुख पर्यटकीय क्षेत्रहरुमा प्रचार सामग्री वितरण गर्ने, प्रवद्र्धनातमक कार्यक्रमहरु गर्नेछ । संघले सम्बन्धित देशका सञ्चार माध्यमहरुमा डिजिटल मार्केटिङको व्यवस्था गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्