Logo

हामी कसरी मंगल ग्रहमा बस्छौं ? (तस्बिर सहित )



पृथ्वीमा गुरुत्वाकर्षण र वातावरण मिलेको कारण बस्न निकै सजिलो हुन्छ । त्यसैगरी मंगल ग्रहमा पनि लगभग पृथ्वीकै भूभागबाट मेल खाने कुरा सार्वजनिक भैसकेको छ । रातो ग्रहको रुपमा चिनिने मंगल ग्रहमा कसरी बस्ने, कुन कपडा लगाउने, कस्तो खान खाने भन्ने कुरा पनि सार्वजनिक भएको छ । लन्डनको डिजाइन संग्रहालयमा यस कुराको काल्पनिक दृश्य बनाएर राखिएको छ ।

२०३० सम्ममा नासाद्वारा मानिसहरुलाई मंगल ग्रह लैजाने कुराको कार्य सुरु भएको जनाएको छ । यस कार्यको लागि विभिन्न ठाउँबाट वैज्ञानिकहरु आफ्नो तर्फबाट तिव्र गतिमा अनुसन्धानहरु सुरु गरिसकेका छन् । त्यहाँ गएर बस्न अझै असम्भव देखेता पनि वैज्ञानिकहरुले यस बारेमा निकै उत्सुक रहेका छन् । उनीहरुले विभिन्न प्रविधिहरुको अविस्कारहरु गर्दै आएका छन् । पृथ्वीमा भैरहेको दुषित वातावरणको कारण आर्को ग्रहको विकल्पमा मंगल ग्रह देखा परेको जनाएको छ ।

Photo Source : CNN,  London-based design firm Hassell.

 



प्रतिक्रिया दिनुहोस्