Logo

स्पेसवाक पुरा गर्ने दुई महिला



विश्वमै पहिलो पटक दुई महिलाले स्पेसवाक सफलता पुर्वक पुरा गरेका छन् । नासा अन्तरिक्ष यात्री जेसिका मेयर र क्रिस्टिना कोच सोले स्पेसवाक गरेका हुन् । पहिलो पटक अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनको बाहिर महिलाहरुले यस्तो कार्य सम्पन्न गरेका छन् ।

महिलाहरुको स्पेसवाक करिब सात घण्टा १७ मिनेट रहेको थियो । अन्तरिक्ष यात्रीका अनुसार उक्त वाक निकै लाब्दायी रहेको छ । पदका अधारमा अन्तरिक्ष यात्री क्रिस्टिना कोच चौथो र जेसिका मेयरको यो पहिलो यात्रा रहेको जनाइएको छ । आफ्नो खुट्टा मुनी पृथ्वीलाई देख्न पाउँदा उनीहरु निकै खुसी भएका थिए ।

यो भन्दा पहिले १९८४ मा रूसी कोस्मोनाट स्वेतलाना सविट्सकायाले स्पेसवाक पुरा गरेकी थिइन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेसवाकको दौरान बधाई र शुभकामना समेत प्रदान गरेका छन् । छ वर्षको अभ्यास पछि दुवै महिले सफलता हासिल गरेका हुन् ।

Photo Source : NASA



प्रतिक्रिया दिनुहोस्