Logo

पृथ्वीको सब भन्दा नजिकको सौर्यमण्डल



हाम्रो आकाशगंगा व्यापक रुपमा ठुलो छ । यस आकाशगंगा अझ कतिपय कुराहरुको अनुसन्धान भैरहेको र अझ पत्ता लगाउन बाकी पनि छ । यसैगरी पृथ्वीको सब भन्दा नजिक नयाँ किसिमको सौर्यमण्डल पत्ता लागेको छ । यो नयाँ सौर्यमण्डलमा दुई वटा ग्रह मात्र रहेको विज्ञहरुले जनाएका छन् ।

जीजे १५ सितारा प्रणाली नामको यो सौर्यमण्डल पृथ्वीबाट ११ प्रकाश वर्ष मात्र टाढा रहेको छ । यसले रातो पुछ्रे ताराको परिक्रमा निरन्तर रुपमा गरिरहन्छ । यो मण्डल पृथ्वीको सबै भन्दा नजिक रहेको अनुमान गरिएको छ । अल्फा सेन्टौरी प्रणाली केवल ४.३ प्रकाश वर्ष टाढा रहेको छ । तर यसले केवल एक एक्स्प्लानेट मात्र समावेश गर्दछ । जसलाई प्रोक्सीमा बी भनिन्छ ।

नासाको एक्स्प्लानेट संग्रह भित्र जीजे १५ सौर्यमण्डल अक्टुबर १० मा छिरेको नासाले जनाएको छ । हाम्रो आफ्नै सूर्यको तुलनामा तारा धेरै सानो रहेको छ । यसको प्लानेट बि नामको ग्रहले प्रत्येक पृथ्वीको ११ दिनमा एक पटक तारा कक्ष पूरा गर्छ । यो एक सुपर–पृथ्वीको रूपमा परिचित छ ।

हाम्रो ग्रहको तीन गुणा सानो रहेको जनाइएको छ । करिब ५३० डिग्री फारेनहाइट तापक्रम अनुमान गरीएको यस सुपर–पृथ्वी अत्याधिक मात्रामा तातो रहेको छ । यस मण्डलको प्लानेट सी पृथ्वी भन्दा ३६ गुणा बढी रहेको छ । पृथ्वीमा २० वर्ष पूरा हुँदा यो एक पटक घुम्ने गर्छ । विज्ञहरुले यस ग्रहलाई शनि ग्रहसँग तुलना गरेको छ । यस किसिमको एक्स्प्लानेट करिव ४००० वटा रहेको विज्ञहरुले अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्