Logo

भारत र पाकिस्तानबीच काश्मिरमा गोली हानाहान



भारत र पाकिस्तानबीच सीमामा गोली हानाहान भएको छ । लाइन अफ कन्ट्रोल भनिने काश्मिरमा दुवै देशका सैनिकबीच गोली हानाहान भएको हो ।

पीटीआइका अनुसार पाकिस्तानी सेनाले गोली चलाएपछि जवाफी फायरिङ भएको हो । घुनदिस्तान गाउँमा आइतबार भएको घटनामा दुई भारतीय सैनिक मारिएका थिए । जवाफी फाइरिङमा पाँचजना पाकिस्तानी सैनिक मारिएको पीटीआइले जनाएको हो ।

लाइन अफ कन्ट्रोलमा पाकिस्तानले युद्धविराम उल्लंघन गरेको भारतीय पक्षको दाबी छ । दुवै पक्षले एक अर्काको सीमाभित्र छिरेको आरोप लगाउने गरेका छन् ।

गत हप्ताको मंगलबार पाकिस्तानी मोटार हमलाबाट २७ वर्षीया महिलाको मृत्यु भएको थियो । घटनापछि दुवै पक्षबीच तनाब बढ्ने खतरा बढेको छ ।
काश्मिरको विषयमा भारत र पाकिस्तानबीच तनाव कायमै छ । ३७० धारा खारेज पछि पाकिस्तान भारतीय कदमको विरोधमा उत्रिएको छ ।
-एजेन्सी
File Photo



प्रतिक्रिया दिनुहोस्