Logo

दोस्रो तल्लाबाट बालक खसेर गुडिरहेको रिक्सामा परेपछि… (भिडियोसहित)



गुडिरहेको रिक्सामा अचानक केही खस्छ । रिक्साचालकले हत्तपत्त रोकेर हेर्छन् । रिक्साको पछाडि सिटमा बालक देख्छन् । स्थनीय रिक्सातर्फ दौडन्छन् ।

दुई तल्लामाथिबाट खसेको बालक रिक्सामा परेर बच्छन् । यो घटना भारतको मध्य प्रदेशको हो जहाँ एउटा भवनको दोस्रो तल्लाबाट बालक चिप्लेर खस्दा सडकमा गुडिरहेको रिक्सामा खसेर पनि बाँचे । यसको भिडियो अहिले भाइरल भइरहेको छ ।

समाचार एजेन्सी एएनआईका अनुसार बालक परिवारका सदस्यसँग दोस्रो तल्लामा खेलिरहँदा सन्तुलन गुमाएर रेलिङबाट खसेका थिए । बालक सामान्य अवस्थामा रहेको र सकुशल रहेका छन् ।

-एजेन्सी



प्रतिक्रिया दिनुहोस्