Logo

महरालाई छुटाउन रोशनी अदालतमा



काठमाडौं, ३ कात्तिक । जुन महिलो पुरुषमाथि जर्बजस्तीको अभियोग लगाइन् उनी स्वयं अदालतमा उपस्थित भएर छुटाउनका लागि बयान दिन पुगेकी छिन् । काठमाडौं जिल्ला अदालतमा आइतबार यस्तै नाटकीय घटना भएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जर्बजस्तीको अभियोग लागेर हिरासतबाट छुटाउन रोशनी शाही स्वयं अदालत पुगेकी छिन् । उनले प्रहरीको दबाबमा उजूरी दिएको बयान दिएर घटनालाई नयाँ मोड दिएकी छिन् ।

न्यायाधीश बाबुराम सुवेदीको इजलाशमा उनले प्रहरीको करकापमा किटानी जाहेरी दिन वाध्य पारिएको बयान दिइन् । रोशनीको किटानी जाहेरीले महरा १९ असोजमा सभामुखको सरकारी निवासबाट प्रहरी नियन्त्रणमा लिइएका थिए ।

दुई हप्ता हिरासतमा रहिसकेका उनीमाथि अभियोग लगाउने र किटानी जाहेरी दिनेले नै करकापमा दिएको बयान दिएपछि यसले नयाँ मोड लिएको हो ।
रोशनीले शुरुमा मिडियामार्फत् आफूमाथि महराले जर्बजस्ती गरेको आरोप लगाइन् । त्यसलगत्तै उनी महराको पक्षमा उभिइन् । आफैले किटानी जोहरी दिइन् र आफै अदालतमा उपस्थित भई करकापमा उजूरी दिएको बताइन् । आफूमाथि कुनै दुव्र्यवहार नभएको समेत बताइन् । यसले घटनालाई थप रहस्यमय बनाएको छ ।
Cover Photo File & Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्