Logo

विरामीको मृत्युपछि चितवन मेडिकल कलेजमा तोडफोड, ४० राउण्ड अश्रुग्यास (तस्विर)



काठमाण्डौ । चिकित्सकको लापरबाहीले उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले चितवन मेडिकल कलेज तोडफोड गरेका छन् । आइतबार साँझ चितवन मेडिकल कलेजमा प्रदर्शन एवं तोडफोड गरिएको हो ।

असोज २६ गते नाकको उपचारका लागी ल्याइएकी नवलपुर मध्यविन्दु ९ की ३२ बर्षिय आशा ज्ञावालीको शनिबार मृत्य भएको थियो । चिकित्सकको लापरबाहीकै कारण उनको मृत्यू भएको भन्दै आफन्तहरूले मेडिकल कलेजमा तोडफोड था प्रदर्शन गरेका हुन् ।

तोडफोडबाट अस्पताल परिसरमा क्षति पुगेको छ ।

केहीबेर प्रहरी र प्रर्दशनकारी झडप समेत भएको थियो ।

स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले ४० राउण्ड भन्दा बढी अश्रुग्याँस प्रहार गर्नुपरेको थियो । तोडफोडमा संलग्न रहेको आशंकामा ६ जना प्रहरी नियन्त्रणमा छन् । विरामीको मृत्यू हुनुमा अस्पताल प्रशासनको कुनै कमजोरी नभएको र बचाउन सक्दो प्रयास गरेपनि नसकिएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताउका छन् ।

अस्पतालमा तनाव भएपछि शवलाइ पोष्टमार्टमको लागी भरतपुरस्थित सरकारी अस्पतालमा पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस्