Logo

महरालाई छुटाउन रोशनी असफल, पाँच दिन म्याद थप



काठमाडौं, ३ कात्तिक । पीडित भनिएकी रोशनी शाही स्वयं अदालत पुगेर अभियुक्त कृष्णबहादुर महराको बचाउ गरेपनि रिहा भएनन् । आफूमाथि जर्बजस्ती नभएको र प्रहरीको करकापले किटानी जाहेरी दिन वाध्य भएको दाबी गरेपनि काठमाडौं जिल्ला अदालतले महरालाई अनुसन्धानका लागि भन्दै थप पाँच दिन हिरासतमा राख्न अनुमति दियो ।

महरालाई यसअघि पनि म्याद थप गरिएको थियो । रोशनी शाहीको बयान फेरिएपनि अदालतले महरालाई हिरासतमै राख्न आदेश दिएपनि यो घटनाले नयाँ तरंग ल्याएको छ ।

जुन महिलो पुरुषमाथि जर्बजस्तीको अभियोग लगाइन् उनी स्वयं अदालतमा उपस्थित भएर छुटाउनका लागि बयान दिन पुगेकी छिन् । काठमाडौं जिल्ला अदालतमा आइतबार महरा प्रकरणले नाटकीय मोड लिएको छ ।

निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जर्बजस्तीको अभियोग लागेर हिरासतबाट छुटाउन रोशनी शाही स्वयं अदालत पुगेकी थिइन् । उनले प्रहरीको दबाबमा उजूरी दिएको बयान दिएर घटनालाई नयाँ मोड दिएकी थिइन् ।

न्यायाधीश बाबुराम सुवेदीको इजलाशमा उनले प्रहरीको करकापमा किटानी जाहेरी दिन वाध्य पारिएको बयान दिइन् । रोशनीको किटानी जाहेरीले महरा १९ असोजमा सभामुखको सरकारी निवासबाट प्रहरी नियन्त्रणमा लिइएका थिए ।

दुई हप्ता हिरासतमा रहिसकेका उनीमाथि अभियोग लगाउने र किटानी जाहेरी दिनेले नै करकापमा दिएको बयान दिएपछि यसले नयाँ मोड लिएको हो ।
रोशनीले शुरुमा मिडियामार्फत् आफूमाथि महराले जर्बजस्ती गरेको आरोप लगाइन् । त्यसलगत्तै उनी महराको पक्षमा उभिइन् । आफैले किटानी जोहरी दिइन् र आफै अदालतमा उपस्थित भई करकापमा उजूरी दिएको बताइन् । आफूमाथि कुनै दुव्र्यवहार नभएको समेत बताइन् । यसले घटनालाई थप रहस्यमय बनाएको छ । अब अर्को पटक अदालत पुग्दा घटनाले कुन मोड लिने हो चासोको विषय बनेको छ ।

Photo: Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्