Logo

रोशनीसँग पारिवारिक सम्बन्ध रहेको र कोठा रहेको क्षेत्रसम्म पुगेको महराको बयान



काठमाडौं, ३ कात्तिक । जर्बजस्तीको अभियोग लागेर प्रहरी नियन्त्रणमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अभियोग लगाउने रोशनी शाहीसँग पारिवारिक सम्बन्ध भएको बयान दिएका छन् । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा सात घन्टा बयान दिने क्रममा उनले रोशनीलाई चिनेको र पारिवारिक सम्बन्ध समेत रहेको बताएको बुझिएको छ ।

रोशनीले अभियोग लगाउनेवित्तिकै महराले स्वकीय सचिवमार्फत् नचिनेको भन्दै विज्ञप्ति निकाल्न लगाएका थिए । महराले विगतमा शाहीलाई नचिनेको र कोठामा समेत नगएको दाबी गरेकोमा बयान फेरेका छन् । स्रोतका अनुसार उनले बयानमा बोलाएपछि उक्त क्षेत्रसम्म पुगेको बयानमा उल्लेख गरेका छन् । उनले कोठामा भने नपसेको दाबी गरेका छन् ।

उक्त क्षेत्रसम्म गएको सीसीटीभी प्रमाण समेत हुनसक्ने बुझेर महराले यस्तो बयान दिएको हुनसक्ने बताइएको छ । १५ मिनेट उक्त क्षेत्रमा पुगेको उनको बयानमा उल्लेख छ । उनले पारिवारिक सम्बन्ध रहेको र आपत परेकाले गएको बयान दिएका छन् ।

महराको बयान बल्ल आएको हो । यसअघि उनले स्वास्थ्यका कारण जनाउँदै बयान दिन मानेका थिएनन् ।
File Photo



प्रतिक्रिया दिनुहोस्