Logo

युनाइटेडसँग बराबरीपछि लिभरपुलको लगातार जीतको यात्र टुंगियो



लिभरपुलले यस सिजनको प्रिमियर लिग फुटबलमा पहिलो पटक जीत निकाल्न सकेन । आइतबार म्यानचेष्टर युनाइटेडसँग बराबरीमा रोकिएपछि लिभरपुल जीतको यात्रामा रोक्किएको हो ।

बराबरीपछि लिभरपुल अहिलेसम्म कुनै टोलीले पराजित गर्न नसकेको अवस्थामा भने कायमै छ । लिभरपुल हारको नजिक पुगिसक्दा लालनाले ८५ औं मिनेटमा गोल गरी बराबरी गरेका थिए । पहिलो हाफमा रासफोर्डको गोलले युनाइटेडले अग्रता लिएको थियो ।

जीतपछि नौ खेलमा लिभरपुल २५ अंकका साथ शिर्ष स्थानमा छ जुन दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीभन्दा ६ अंकले बढी हो । जारी लिगमा लिभरपुल सबैभन्दा सशक्त र संगठित टोलीका रुपमा देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्