Logo

ललिता निवास प्रकरणमा मुछ्न खोजेपछि माधव नेपालको चुनौती (भिडियोसहित)



काठमाडौं, ४ कात्तिक । ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाललाई समेत जोड्न खोजिएको छ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता समेत रहेका नेपाल प्रधानमन्त्री हुँदा ललिता निवासको जग्गाबारे कतिपय नीतिगत निर्णयहरु भएको खबरहरु बाहिर आएका छन् ।

नेपालले आफ्नो यस प्रकरणमा कुनै संलग्नता नभएको बताएका छन् । ऋषि धमलासँग प्राइम टाइम टेलिभिजनमा अन्तवार्ताका क्रममा उनले आफूलाई अख्तियारले कहिले बयानका लागि नबोलाएको बताए । उनले भने, ‘नभएको कुरा गर्नुहुन्छ मलाई अख्तियारले कहिल्यै बोलाएको छ ? मलाई बोलाउनुपर्ने के कुरा छ त्यहाँ ?’

आफ्नो तर्पmबाट आजसम्म कुनै पनि अनुचित काम नभएको र कतैबाट एक धूर जग्गा, एक रुपैयाँ पनि नलिएको बताए ।

ललिता निवास जग्गाकाण्डमा बाहिर खबर आएकोबारे सोध्दा उनले भने, ‘हिजो राति पुलिस कष्टडीमा माधव नेपाल परे भन्ला त्यसलाई मान्ने रु माधव नेपाल रक्सी खाएर बाटोमा लडिरहेको थियो भन्ला मान्ने रु यस्ता झुटा कुराहरुको पछि नलाग्नुस् ।’

आफ्नो कुनै हालतमा संलग्नता नभएको भन्दै आफू ललिता निवास नभई प्रधानमन्त्री निवासको निर्माण गर्नेमा लागेको बताए ।

File Photo



प्रतिक्रिया दिनुहोस्