Logo

सुरेन्द्र केसीले किन गरे महरा र आलमको बचाउ ? (भिडियोसहित)



काठमाडौं, ४ कात्तिक । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे । नेपालका युवाहरुले रोजगारी नपाएको र नेपाली चेलीहरु बाध्य भएर रुवाण्डामा पुगेर नाँचिरहेकोले सरकारलाई सफल भन्न नमिल्ने उनको टिप्पणी छ ।राजाले बनाईदिएको प्रधानमन्त्री निवास बालुवाटार त जोगाएर राख्न नसक्नेले परीवर्तनको कुरा गरेर के हुन्छ ? भन्दै केसीले सरकारको आलोचना गरे ।  आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्