Logo

सरकारविरुद्ध हालेको मुद्धा फिर्ता लिएपछि स्वास्थ्य सचिव चौधरीको राजीनामा स्वीकृत



काठमाडौँ, ४ कात्तिक । सरकारविरुद्ध हालेको मुद्धा फिर्ता लिएपछि स्वास्थ्य सचिव पुष्पा चौधरीको राजीनामा स्वीकृत भएको छ । उनले गतवर्ष कार्तिकमा सरकारले गरेको सरुवा निर्णयविरुद्ध अदालतमा मुद्धा दर्ता गरेकी थिइन् । मुद्धा विचाराधिन थियो । यस कारण राजीनामा स्वीकृत हुन सकेको थिएन् ।

स्वास्थ्य मन्त्रालायका अनुसार सरकारले आइतबार चौधरीको राजीनामा स्वीकृत गरेको हो । उनको मुद्धाको कारण सरकारलाई अप्ठ्यारो परेको थियो । विदेशमा जागिर खानको लागि उनले राजीनामा दिएको बुझिएको छ ।

विश्व स्वास्थ्य संगठनको पि फाइभ तहमा नाम निकाल्न सफल भएपछि डा. चौधरीले राजीनामा दिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्