Logo

ब्राउन सुगर सहित युवक नियन्त्रणमा



मोरङ, ४ कात्तिक । अवैध लागुऔष ब्राउन सुगर सहित प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ । हरैचा नगरपालिका ७ स्थितबाट ब्राउनसुगर करिब दुई ग्राम सहित सोही नगरपालिका ४ बस्ने सरोज गिरीलाई ३ कात्तिकको राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्