Logo

चीट चोर्न नदिन टाउकोमा अनिवार्य कागजको बाकस



चीट चोर्ने समस्या दक्षिण एशियामा अत्याधिक छ । यसलाई रोक्न सजिलो छैन । भारतमा चिट चोर्ने समस्या त्यस्तै छ । यसलाई रोक्नका लागि एउटा विद्यालयले जुक्ति निकाल्यो ।

कर्नाटक राज्यको हवेरीस्थित भगत प्रियुनिभर्सिटी कलेजले गत बुधबार विद्यार्थीलाई टाउकोमा अनिवार्य कागजको बाकस लगाउन लगाएर परीक्षण गर्यो । परीक्षणपछि तस्बिर पनि खिचियो ।

बाकसको अगाडिभाग काटिएको थियो । त्यसले नजिक देखिन्थ्यो । दायाँबायाँ भने हेर्न सकिदैनथियो । उत्तरपुस्तिका राखेको टेबुल र प्रश्नपत्र मात्र देखिनेगरी कागजको बाकस बनाएर लगाउन लगाइयो । घोडाको आँखामा लगाएर दायाँ बायाँ हेर्न नसक्ने जस्तै बनाइयो ।

बाकस ओढाएर परीक्षा दिन लगाएको तस्बिर फेसबुकमा भाइरल भएपछि आलोचना भएको छ । कलेजले माफी समेत मागेको छ ।
भारतको कतिपय राज्यमा चिट चोर्ने रोग जस्तै भएको छ । चिट चोराउनका लागि कलेज र विद्यालयको भित्ता समेत भत्काउने घटना भएको छ ।
-एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot