Logo

चीन एकीकरण नभइसकेको भन्दै चीनका रक्षामन्त्रीले दिए ताइवानमाथि चेतावनी



चीनका रक्षामन्त्री वी फेङगीले देश अझै एकीकरण नभइसकेको बताएका छन् । उनले चीनको पुर्न एकीकरण सही मार्गमा बढिरहेको भन्दै बिखण्डनको कुनैपनि प्रयासले खतरनाक अवस्था निम्त्याउने चेतावनी दिएका छन् ।

नवौं बेइजिङ सियानसन फोरमको उद्घाटन समारोहलाई सोमबार बेइजिङमा सम्बोधन गर्दै भने, ‘चीन संसारको एकमात्र ठूलो देश हो जसको पुर्नएकीकरण अझै सम्पन्न भइसकेको छैन ।’ ताइवानको विषयलाई समाधान गरेपछिमात्र पूर्ण एकीकरण हुने उनको भनाई छ ।

ताइवानको मामलाम चीनको आन्तरिक भएको भन्दै त्यसमा बाह्य हस्तक्षेप हुन नदिने बताए । उनले साउथ चाइना सी चीनको अभिन्न अंग भएको बताए ।
हङकङमा चीनविरोधी गतिविधि बढिरहेको र ताइवानसँग चीनको सम्बन्ध तनावग्रस्त रहिरहँदा चिनियाँ रक्षामन्त्रीको भनाई आएको हो । साउथ चाइना सीबारे पनि उनको कडा टिप्पणी थियो ।

यसअघि नेपाल भ्रमणमा रहँदा चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको बिखण्डन गर्न खोज्नेको हड्डी भाँच्ने चेतावनी दिएका थिए ।
-एजेन्सी
Photo: Agency



प्रतिक्रिया दिनुहोस्