Logo

हुण्डी कारोबारी प्रहरी नियन्त्रणमा



मोरङ, ४ कात्तिक । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिराटनगर महानगरपालिका १५ बस्ने बिनोद प्रसाद साहलाई ३ कात्तिकको साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिराटनगर महानगरपालिका ७ स्थितमा अबैध हुण्डी कारोबार भइरहेका सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले साहलाई कारोबारमा प्रयोग गरेको नगद ७ लाख १८ हजार ८ सय ६० रुपैयाँ सहित फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्