Logo

सरकारबाट बाहिरिने निर्णय लिन केन्द्रीय कमिटि बैठक बस्दैछ- राजेन्द्र श्रेष्ठ, सह–अध्यक्ष समाजवादी पार्टी



काठमाडौं, ४ कात्तिक । समाजवादी पार्टी नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ विचारको राजनीतिक गर्छन् । उनले वर्तमान सरकारमा पार्टीको सहभागिता कहिलेसम्म हुनेबारे सनसनीपूर्ण खुलासा गरेका छन् । उनीसँग एनआरएन रेडियोको नेपाली बहसका लागि ऋषि धमलाले गरेको विशेष कुराकानीः

तपाईंको पार्टी के गर्दै छ ? राजनीतिक गतिविधिमा खास भूमिका देखिँदैन नि ?
हाम्रो पार्टी केन्द्रीय समिति बैठकको तयारी गर्दैछ । नयाँ शक्तिसँगको एकता प्रक्रियालाई गाउँ तहसम्म पुर्याउँदैछौं । सबैलाई थाहा भएकै कुरा हो, नेकपा माओवादी र नकपा एमालेको एकतालाई यति लामोसमय लगाएर अहिले प्रदेशस्तरसम्म पुर्याउँदैछन् । त्यसको तुलनामा हामीले एकताप्रक्रियाको सबै काम लगभग सकेर पार्टीभित्र नयाँ अभियानका साथ पार्टी सुदृढीकरणको नयाँ अभियान सञ्चालन गर्दैछौं । यो एकतालाई विश्वब्यापी रुपमा जनजागरण अभियान ल्याउन लागेका छौं । सँगै पार्टी प्रवेशलाई सुदृढीकरणलाई अभियानको रुपमा लाँदैछौं । त्यसमा जनतामाझ देखिएका समस्या समाधानलाई उजागर गर्ने अभियानमा छौं ।
तपाईंहरु त सरकारमा हुनुहुन्छ, उपेन्द्र यादवले केही काम गर्नसक्नुभएन भन्ने जनगुनासो छ नि ?
खोइ हाम्रा कार्यकर्ता र जनताले त्यसो भनेको जस्तो लाग्दैन ।
सरकारमा गइसकेपछि पार्टी छवि बिग्रियो भनेका छन् नि कार्यकर्ताले त ?
यो त सरासर गलत कुरा हो । किन भने संघीय संरचनाअनुसार कानुन बनाउने, स्वास्थ्यलाई जनताका आधारभूत कुरासँग जोड्ने, मातृ सीशुदेखि महिलाहरुको स्वास्थ्य अधिकारका कुरामा स्वास्थ्यमन्त्री लागिरहनुभएको छ । जनताले पाउने सेवासुविधा पनि पहिलाको तुलनामा अहिले राम्रो ढंगले अगाडि बढेको छ । भनेकोजति सबै कुरा त गर्न सकिएन होला । तर, त्यो भन्दैमा केही भएकै छैन भन्ने होइन ।
सरकारमा गएकोमा पार्टी कार्यकर्ता सन्तुष्ट छन् ?
अरुको तुलनामा स्वास्थ्य मन्त्रालय राम्रोसँग चलेको छ ।
उपेन्द्र यादवले कामभन्दा बढी गफ मात्रै गर्नुहुन्छ भन्ने गुनासो छ नि डाक्टर र नर्सहरुको त ?
विकृति, विसंगति मुलुकभरिका नेपाली समाज विद्यमान् छ । सबै क्षेत्रका विकृति, विसंगति हटाउन कलिकति मेहनत त गर्नैपर्छ । नेपालको सन्दर्भमा नेताहरुले जति विकास र समृद्धिको नारा लगाएपनि व्यभिचार र भ्रष्टाचार बढी नै छ । सबैक्षेत्रको भ्रष्टाचार, विकृति, विसंगति उन्मुलन गर्न ठूलैखालको अप्रेसन जरुरी छ । त्यस्ताखालका अनियमितता सबै मन्त्रालयहरुमा प्रविम्बित छ । सबैक्षेत्रबाट भ्रष्टाचार, व्यभिचार, अनियमितता लगायतका विकृतिहरु हटाउन सक्ने हो भने नेपाल छिट्टै समृद्ध बन्ने आधारहरु छन् । राष्ट्रिय गौरवका आयोजनाहरुमा ५० प्रतिशतसम्म भ्रष्टाचार भएको कुरा बाहिर आएका छन् । त्यसलाई अख्तियार दूरुपयोग अनुसन्धानले पनि त्यसलाई अलि बढी ख्याल गरेर काम गर्न थालेको आभास भएको छ । हिजोको भन्दा केही सुदृढ भएको छ, तर धेरै काम गर्न अभैm बाँकी छ ।
डा. बाबुृराम भट्टराईले यो सरकारमा बसेर हामीलाई फाइदा छैन भनेर तपाईं त यो सरकारमा बसिरहनुपर्छ भन्नुहुन्छ किन ?
मैले कहाँ त्यसो भनेको छु बसीरहनुपर्छ भनेर । हाम्रो मुख्य एजेन्डा भनेको त संविधान संसोधन हो । यसको सन्दर्भमा नेकपाले ध्यान दिनसकेको छैन । त्यसलाई ध्यान दिइएन भनेको कुनै पनि बेला हामी सरकारबाट बाहिरिन सक्छौं । त्यसको लागि केन्द्रीय समितिको बैठक बस्न लागेको अवस्था छ । केन्द्रीय केमिटीमा त्यसको छलफल हुन्छ । त्यसले जे निर्णय हुन्छ, त्यही गरिन्छ ।
सरकारमा जानुअघि तपाईंको एजेन्डा संविधान संसोधनको थियो त्यो त भएन, तपार्इंंहरु सरकारमा किन बसिरहनुभएको ?
हामीले गतसेसनमै संविधान संसोधन हुनुपर्छ भनेर हामीले प्रधानमन्त्रीलाई भनेका छौं । उहाँले पनि त्यस विषयमा छलफल गर्ने आएको निष्कर्षमा एउटा कार्यदल बपनाएर टुंग्याउने भन्नुभएको छ । त्यस विषयलाई पार्टीभित्र पनि छलफल गर्ने र एउटा निष्कर्ष निकाल्ने भन्नुभएको थियो । अब त्यो हुन सकेको छैन । त्यसकारण यो विषयमा अलि कडा ढंगले प्रस्तुत हुनुपर्ने अवस्था सिर्जना भएको छ । अब हाम्रो केन्द्रीय कमिटिको बैठकपछि एक पटक कुरा राख्ने र त्यसबाट पनि कुनै निष्कर्ष आएन भने त्यस्तै खालको निर्णय गर्नुपर्ने अवस्था हुन्छ । त्यतिबेला नेकपा नेतृत्वको सरकारबाट बाहिरन्छौं र संविधान संशोधनको एजेन्डालाई दरिलो ढंगले अगाडि बढाउँछौं । त्यसको लागि आन्दोलनको आवश्यक पर्दछ ।
पार्टी केन्द्रीय समिति बैठकपछि सरकारबाट बाहिरिनुहुन्छ हो ?
त्यो त सबै केन्द्रीय सदस्यहरुको सार्वभौम अधिकार हो । मैले अहिलेनै सबै केन्द्रीय सदस्यहरुको नेतृत्व गरेर भन्न मिल्दैन । त्यहाँ व्यापक छलफल हुन्छ, त्यसबाट जे निष्कर्ष आउँछ त्यहीं हुन्छ ।
डा. बाबुराम भट्टराई र तपाईंको त पार्टीमा भूमिकै छैन भन्छन् नि ?
भूमिका त सबैको बरबर हुन्छ ।
उपेन्द्र यादव सरकारबाट बाहिर नै चाहनुहुन्न अनि कसरी हुन्छ ?
हाम्रो पार्टीमा नेपाली कांग्रेस र नेकपा जस्तो व्यक्तिवादी कुरा हुँदैन । हामीले सामुहिक नेतृत्व र समावेसीको कुराबाट अगाडि बढेको पार्टी हो हाम्रो । हाम्रो पार्टी उत्पीडित वर्गको पनि नेतृत्व हुनुपर्छ भनेर लागेको हो । त्यसैले यहाँ संघीयता पनि उत्पीडित र अल्पसंख्यक वर्गलाई चाहिएको हो । जो राज्यसत्तबाट हिजो बञ्चित थिए । जस्तै थारु, अल्पसंख्यक, दलीत, मुस्लिमलगायतका वर्गलाई संघीयता चाहिएको हो । यहाँ जनजाति, मधेसीहरु त बरु पटक–पटक सत्तामा पुगिसकेका छन् । मुख्यतः संघीयता अल्पसंख्यक समुदायलाई चाहिने हो । हामीले सबैको पहुँच भएको समावेशी, समानुपातिक चरित्रको पार्टी भनेका छौं । त्यस्तो चरित्रको पार्टी भएकाले यहाँ बाबुराम, उपेन्द्र यादव, अथवा राजेन्द्रमात्रै नेता हो भन्ने होइन ।
तपाईंको पार्टी सरकारबाट बाहिरिन खोजेको हो त ?
सहमति भएअनुसार संविधान संसोधनको काम भएन भने सरकारबाट बाहिरिने आम कार्यकर्तादेखि नेतासम्मको भनाइ हो । त्यसकारण त्यो मिसन यदि पुरा भएन भने हामी सरबारबाट बाहिरिन्छौं । यसको निधो केन्द्रीय समितिको बैठकले निर्धारण गर्ने छ ।

File Photo



प्रतिक्रिया दिनुहोस्