Logo

कांग्रेस शीर्ष नेताहरु काण्डै काण्डमा मुछिए, देउवा, गच्छदार र सिटौलालाई टेन्शन !



काठमाडौं, ४ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको नाम अहिले विभिन्न काण्डमा मुछिन थालेको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरण, रौतहटमा जिउँदै मान्छे जलाएर ईट्टा भट्टामा हालेको काण्ड र वाईडबडी खरिद घोटाला प्रकरणमा उनीहरुको नाम मुछिएपछि अहिले पार्टीभित्र पनि तरंग पैदा भएको छ ।

बालुवाटार जग्गा प्रकरणमा वर्तमान उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नाम मुछिएको छ । स्रोतकाअनुसार यो प्रकरणमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले उनलाई पत्राचार गरेर बयानको लागि डाकेको छ । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा गच्छदार भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । सोही बेला बालुवाटार जग्गा प्रकरण घटेको र यसमा उनको संलग्नता रहेको अख्यितारको निश्कर्ष छ ।

जिउँदै ईटा भट्टामा हालेर हत्या गर्ने मोहम्मद अफताब आलमको पक्षमा देउवा

त्यही भएर उनलाई बयानको लागि अख्तियारले अहिले पत्राचार गरिसकेको छ । पूर्व अख्तियार प्रमुख दिप बस्न्यात त्यतिवेला भौतिक मन्त्रालयका सचिव थिए । सोही प्रकरणमा उनको नाम मुछिएपछि अख्तियारले बस्नेतलाई बोलाएर बयान लिईसकेको छ । बस्नेतको बयानकै आधारमा गच्छदारलाई पनि बयानको लागि अख्तियारले पत्राचार गरेको हो भन्ने पनि स्रोतको दाबी छ ।

उता, रौतहटमा २७ चैत २०६४ मा भएको बम बिष्फोटका घाईतेहरुलाई जिउँदै ईटा भट्टामा हालिएको थियो । सोही प्रकरणमा कांग्रेस मोहम्मद अफताव आलम अहिले पक्राउ परेका छन् । त्यतिवेलाको चुनावमा मोहम्मद अफताव आलमको चुनावी प्रायोजनका लागि आफन्तको घरमा जम्मा गरिएको बम बिष्फोटमा परी घाइते भएकालाई स्थानीय इट्टाभट्टाको चिम्नीमा हाली हत्या गरेको अभियोगमा आलम अहिले प्रहरी हिरासतमा छन् ।

उनलाई म्याद थप गरेर अनुशन्धान गरिएको छ । उक्त घट्ना हुँद्या ताका कांग्रेस नेता कृष्ण प्रसाद सिटौला गृहमन्त्री थिए । उनकै निर्देशन र ठाडा आदेशमा त्यो घट्नालाई सामसुम बनाईएको अहिले कुरा उठेको छ । यो प्रकरणमा सिटौलालाई पनि अनुशन्धानको दायरामा ल्याउनुपर्ने माग छ । सिटौलामाथि शक्तिको आडमा आलमलाई बचाएको आरोप छ ।

आलम पक्राउ काण्डपछि सनसनीपूर्ण खुलासाः घाइतेलाई यसरी इट्टा पोल्ने भट्टामा जिउदै हालिएको थियो

त्यस्तै, सभापति शेरबहादुर देउवाको पनि नाम वाईडबडी खरिद प्रकरणमा मुछिएको छ । यो प्रकरणमा छानबिन गर्दा उनलाई पनि अनुशन्धानको दायरामा ल्याउनुपर्ने माग छ । तर, देउवाले आफू यो प्रकरणमा कुनैपनि हालतमा संलग्न नभएको जिकिर गर्दै आएका छन् । उनले त संघीय संसदको रोष्ट्रममै उभिएर निश्पक्ष छानिबन गर्नुपर्ने र अनियमितता गर्ने जो कोहीलाई पनि कानुनी कारबाहीमा ल्याउनुपर्ने माग गरेका छन् । photo source:The Kathmandu Post



प्रतिक्रिया दिनुहोस्