Logo

बेलायती राजकुमार विलियम र ह्यारीबीच तनाव, ‘दुवै अलग बाटोमा’



बेलायती राजकुमार विलियम र ह्यारीबीच मतभेद रहेको पुष्टि भएको छ । दक्षिण अफ्रिका पुगेका ह्यारीले दाजु र आफू अलग अलग मार्गमा रहेको बताएपछि यसको पुष्टि भएको छ ।

आइटीभीका लागि टम ब्राडबीसँग कुरा गर्दै ह्यारीले आफूहरु फरक पथमा रहेको बताएका थिए । अन्तवार्ता आइतबार राति प्रसारणभएको थियो । बेलायतको राजगद्दीको उत्तराधिकारी राजकुमार चाल्र्स र डायनाका छोराहरुबीचको मतभेद बेलायतको एउटा पत्रिकाले खुलासा गरेको थियो । यसबारे विभिन्न टिकाटिप्पणी भइरहँदा ह्यारीले मतभेद रहेको पुष्टि गरे ।

उनले भनेका छन्, हामी निश्चित रुपमा यो समयमा अलग अलग बाटोमा छौं । तर, ह्यारीले आवश्यक पर्दा दुवै एक अर्कासँग हुने बताए । आफूहरुले एक अर्काप्रति प्रेम गर्ने समेत बताए ।

दाजुभाईमा सधै राम्रा र नराम्रा दिन समेत हुने उनको भनाई थियो । दाजुभाईबीच मतभेद हुनुमा विलियमकी पत्नी केट र ह्यारिकी पत्नी मेघान भएको हल्ला चलेको थियो । ह्यारीले मेघानसँग विवाह गरेपछि दूरी बढेको चर्चा छ ।
-एजेन्सी
Photo Source: metro.co



प्रतिक्रिया दिनुहोस्