Logo

एक सय ९१ तोला चाँदीसहित एक युवक नियन्त्रणमा



हेटौँडा, ४ कात्तिक । प्रहरीले एक सय ९१ तोला चाादीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । भारतको मोतिहारी आदपुर घर भई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ बस्दै आएका राकेशकुमार सुनारलाई नियन्त्रणमा लिएको हो ।

भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ना१४प २८३६ नं को मोटरसाइकलमा लुकाइ राखेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय सानोपोखराबाट खटेको प्रहरी टोलीले हेटौँडा–२ देवीपथमा जाँचका क्रममा मोटरसाइकलको सिट र ट्याङ्कीमा लुकाइराखेको उक्त परिमाणको चाँदीको गहना बरामद गरेको हो । प्रहरीका अनुसार सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको छ । चाँदीको गरगहना वीरगञ्ज भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्