Logo

छवि र शिल्पा अझै प्रहरीको खोजीमा



निर्माता तथा निर्देशक छवि ओझा र अभिनेत्री शिल्पा पोखरेल अझै फरार छन् । प्रहरी उनीहरुको खोजीमा छ । प्रहरीले बहुविवाहको उजुरीमा उनीहरु दुवैलाई खोजी गरिरहेको हो । रिपोर्टर्स नेपाललाई प्राप्त जानकारीअनुसार उनीहरु अहिले फरार छन् । मिडियाबाट लुकेर हिँडिरहेका छवि र शिल्पा दुवै जनालाई प्रहरीबाट खोजी कार्य जारी छ ।

शिल्पाले भुमिगत रुपमा अभिनयको लागि चलचित्रहरु खोजी गरिरहेकी छिन् । छविको बारेमा भने कसैलाई केही अत्तोपत्तो छैन । केही महिना अगाडि छविकी पहिलो पत्नी हिमा ओझाले उनीहरु दुवै जनालाई बहुविवाहको उजुरी हालेकी थिइन् । त्यो भन्दा अगाडि शिल्पाले श्रीमान छविबाट आफू असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर प्रहरीमा उजुरी दिएकी थिइन् । यही विवादको क्रममा हिमाले पनि छवि र शिल्पालाई सम्बन्ध विछोड नै नगरी विवाह गरेको भनेर बहुविवाहको उजुरी दिएकी हुन् ।

अभिनेत्री शिल्पा निर्माता छविको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । शिल्पा र छविले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए । उनीहरुले लामो समयसम्म आफ्नो विवाहलाई लुकाएता पनि गत वर्ष निर्माता ओझाले आफूहरुले विवाह गरिसकेको स्वीकारेका थिए । म्युजिक भिडियोमा काम गरिरहेकी शिल्पालाई छविले चलचित्र “लज्जा” मार्फत डेब्यू गराएका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्