Logo

विभिन्न स्थानबाट ५१ जुवाडे प्रहरी नियन्त्रणमा



कैलाली, ४ कात्तिक । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट प्रहरीले ५१ जनालाई नियन्त्रणमा लिएको छ । गोदावरी नगरपालिका ७ लालपुर बस्ने बीरबहादुर वलीको होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने टेक बहादुर ओली लगायत २८ जनालाई १ लाख ५२ हजार ७ सय ५० नेपाली रुपैयाँ, २ हजार २ सय ७० भारतीय रुपैयाँ र तास सहित ३ कात्तिकको राति प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी(पूर्व), देवचुली नगरपालिका ६ मुण्डेस्थित आधार रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा देवचुली नगरपालिका ९ बस्ने कोचिन बहादुर गुरूङ लगायत १८ जनालाई नगद १ लाख ४२ हजार ९ सय ४० रुपैयाँ सहित ४ कात्तिकको बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

दाङ, घोराही उपमहानगरपालिका १५ मिलनचोक डेरा गरी बस्ने रोल्पा माडी गाउँपालिका ४ घर भएका निम बहादुर भण्डारीको कोठामा तास खेलिरहेको अवस्थामा भण्डारी सहित पाँच जनालाई नगद ७४ हजार ५ सय ६० रुपैयाँ र २ बुक तास सहित ३ कात्तिकको साँझ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्