Logo

मोटरसाइकलको डिकीमा अवैध चाँदी, युवक नियन्त्रणमा



मकवानपुर, ४ कात्तिक । चाँदीका विभिन्न सामान सहित प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिका २ संगमचोक बस्ने भारत मोतिहारी हरपुर गाँउ पंचायत ५ आधापुर घर भएका राकेश कुमार सुनारलाई ३ कात्तिकको साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुनारले लुकाई छिपाई राखेको करिब ५ लाख १७ हजार ६ सय ५० रुपैयाँ मूल्य बराबरका अन्दाजी सात केजी चाँदीका विभिन्न सामान सहित फेला पारी नियन्त्रणमा लिएको हो । उनी पुष्पा डाईस कटिङ पसलका संचालक हुन् ।

वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीले सुनारको ना.१४ प २८३६ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइइकलको भित्रि भागमा लुकाई छिपाई राखेको उक्त मूल्य बराबरको चाँदीका बिभिन्न मूर्ति, सिक्का, पाउजु, सिन्दुर बट्टा, थाली र गिलास लगायत सामान फेला पारेको जनाएको छ ।

सुनारलाई आवश्यक कारबाहीको लागि उक्त सामानसहित भन्सार कार्यालय पठाइने जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्