Logo

छुरा प्रहार गर्ने प्रहरी नियन्त्रणमा



सुनसरी, ४ कात्तिक । धारिलो हतियार छुरा प्रहार गरी घाइते बनाएको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । धरान उपमहानगरपालिका १० बस्ने समी राई, सोही उपमहानगरपालिका १८ बस्ने तुल बहादुर राई वडा नम्बर ११ बस्ने अबिराज राईलाई ३ कात्तिकको दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।

धरान उपमहानगरपालिका १७ मंगलबारे टेम्के मार्ग बस्ने लोकेन्द्र राई रसईन्द्र राईलाई धारिलो हतियार छुरा प्रहार गरेका थिए ।
टेम्पोको भाडाको बिषयलाई लिएर उनीहरुले छुरा प्रहार गरेको खबर पश्चात ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने तीनै जनालाई नियन्त्रणमा लिएको हो । छुरा प्रहारबाट घाइते भएका दुवै जनाको घोपा अस्पताल धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्