Logo

कारागारमा घर जस्तो आनन्द



विश्वका हरेक देशहरुमा अपराधिक गतिविधि गर्ने व्यक्तिलाई कारागारमा राखिन्छ । समाजले पनि अपराधिक गतिविधिमा संलग्न रहेको व्यक्तिहरुलाई बहिस्कृत गर्ने हुँदा कारागारमा जाने मानिसको वर्तमान र भविष्य दुवै अन्यौलमा हुन्छ । कारागारमा पुगेका मानिसहरुले कारागारको जीवन निकै दुःखपूर्ण र कष्टकर हुन्छ भन्ने गर्छन् र यो सत्य पनि हो । कारगारमा कुनै किसिमको सुख सुविधा पाइदैन । तर, विश्वमा एउटा यस्तो देश छ जहाँ कारागारमा बस्ने व्यक्तिलाई घर जस्तै सुख सुविधा दिइन्छ ।

डेनमार्कमा न्यून मात्रामा कैदीहरु छन् । यो देशले कारागारमा भएका कैदीहरुको हक अधिकारलाई सुरक्षित गरेर कारागारमा कैदीलाई आफ्नै हिसाबले बस्ने खाने र लगाउने नियम लागू गरेको छ । डेनमार्कको कारागारमा भएका कैदीहरुले आफ्नो परिवारसँग पनि समय बिताउन सक्ने कानुन छ । मानिसहरुले बस्नलाई तयारी गरिएको घरको जस्तै कारागारमा कैदीहरुको लागि त्यस्तै राम्रो व्यवस्था गरेको छ । यो कारागारमा तार बाड़, बन्दुक टावर वा सुरक्षित पेरिमिटरहरूको साथ ठोस भित्ताहरू छैन । यो कारागारमा कैदीहरुले आफ्नो इच्छा अनुसार खान बनाउने र बस्ने गर्छन् ।

अन्य देशको तुलनामा यो कारागार विलकुलै फरक छ । वर्णन गरिएको जस्तो कष्टकर जीवन यहाँका कैदीहरुले बिताउनु पर्दैन । डेनमार्कको यो कारागारमा कैदीलाई भेट्न आउँदा केहि प्रतिबन्ध लगाइएको छैन । यती सुविधा दिँदा पनि कारागारबाट कैदी भागेमा भागेको कैदीलाई पुनः भेटिएमा वर्णन गरिएको कष्टकर कारागारमा हाल्ने नियम डेनमार्क सरकारले जारी गरेको छ । तर, कैदीहरु यो कारागारमा निकै खुसी हुने गर्छन् ।Photo Source: Washingtonpost



प्रतिक्रिया दिनुहोस्