Logo

इमरान खानले पूरा कार्यकाल सरकार चलाउन नसक्ने विलवाल भुट्टोको ठोकुवा



पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कडा आलोचना गर्दै त्यहाँको प्रमुख प्रतिपक्षी दलका नेता बिलवाल भुट्टोले सरकार गिर्ने संकेत गरेका छन् । उनले इमरानसँग पूरा कार्यकाल सरकार चलाउन सक्ने क्षमता नभएको आरोप लगाए ।

जिन्हा पोस्टग्राजुएट मेडिकल सेन्टरमा आइतबार संचारकर्मीसँग कुरा गर्दै इमरानसँग जनता बेखुशी रहेको बताए । उनको भनाई उदृत गर्दै पाकिस्तानी संचारमाध्यमले लेखेका छन्, ‘पपेट सरकारसँग सबै वाक्कदिक्क भइसके ।’

देशको हरेक क्षेत्रका जनता इमरानप्रति बेखुशी रहेका कारण उनले पूरा समयावधि सरकार चलाउन नसक्ने ठोकुवा गरे । सरकारविरुद्ध कडा रुपमा उत्रने उनको भनाई थियो ।

कम उमेरमै पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष बनेका बिलवाललाई पाकिस्तानको भावी प्रधानमन्त्रीका रुपमा हेरिएको छ । उनका हजुरबाबु जुल्फिकर अली भुट्टो र आमा बेनजिर भुट्टो प्रधानमन्त्री बनेका थिए । जुल्फिकरलाई सैनिक शासकले फाँसी दिएको थियो । बेनजिर सैनिक शासनका बेलामा प्रदर्शनका क्रममा भएको बम हमलाका क्रममा मारिएकी थिइन् ।
एजेन्सी



प्रतिक्रिया दिनुहोस्